सुरक्षासम्बन्धी नागरिक सुनुवाइ

आदर्श समाज सम्वाददाता
कार्तिक २१, २०७५
IMG_20181105_140206_Fotor

लेखनाथ, २० कात्तिक। कास्कीको शान्तिसुरक्षा स्थिति र प्रहरी सेवा प्रवाह विषयमा लेखनाथमा नागरिक सुनुवाइ भएको छ। जिल्ला प्रहरी कार्यालय कास्की र पोखरा ३० वडा, प्रहरी कार्यालय पावरहाउसको संयोजनमा सो कार्यक्रम भएको हो।

नागरिक सुनुवाइमा स्थानीयले वर्तमान सुरक्षा व्यवस्था र प्रहरीले दिने सुरक्षासम्बन्धी सवाल राखेका थिए। कार्यक्रममा टीकाराम पगेनीले चाडवाड बेला चोरी डकैती, जुवातास, मादक पदार्थ सेवन, महिला हिंसासम्बन्धी सुरक्षाबारे सुरक्षा निकायवाट के कस्तो रणनीति छ भन्ने जिज्ञासा राखेका थिए।

टेकनाथ पन्थीले लागु औषध दुर्व्यसनीबारे सुरक्षा निकायले ध्यान नदिएको गुनासो पोखे।

प्रेमप्रसाद शर्माले शान्तिसुरक्षाको अवस्था अचेल ब्रि्रदै गएको भन्दै विद्यमान नीति नियम कार्यान्वयन गरिनुपर्ने धारणा राखेका थिए।

उनीहरुको सवालमा इलाका प्रहरी कार्यालय डाँडाको नाकका डिएसपी मोहनबहादुर खाँडले जवाफ दिएका थिए।

पोखरा ३० का वडाध्यक्ष श्रीराम पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा वडासदस्य मीना नेपाली, शिवजी लामिछाने, मीनबहादुर केसी, प्रेम लिगल, मेघराज पौडेल, अर्जुन मल्ल, झमबहादुर पुन, चिरञ्जीवी तिवारी लगायतले केन्द्रमा मात्र सुरक्षा नभई जिल्लाको सीमा क्षेत्रमा पनि आवश्यक सुरक्षाको पहल जरुरी रहेको बताए।

कार्यक्रममा डिएसपी खाँडले चाडबाडमा चौबीसै घण्टा सुरक्षा गस्ती गरिएको, सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएकोले सुरक्षा सवालमा ढुक्क रहन आग्रह गरे।

घटना भएको सूचना पाउने बित्तिकै आधा घण्टामा प्रहरी घटनास्थल पुग्ने प्रतिबद्धता गर्दै उनले सुरक्षा सवालमा नागरिक पनि स्वयं चनाखो हुनुपर्ने सुझाए।

कार्यक्रम सञ्चालन वडा प्रहरी कार्यालय पावरहाउसका इञ्चार्ज सुशील घिमिरेले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • काइन्डनेस क्लब मदरल्यान्डको सहयोग

    आदर्श समाज सम्वाददाता असाेज १५, २०७९
    पोखरा । मदरल्याण्ड माविमा स्थापित काइन्डनेस क्लब मदरल्याण्डले बुधबार साथी संसार नेपालका बालबालिकालाई सहयोग गरेको छ । संस्थाका १ सय…
  • जनहित महिला समूहको शुभकामना

    आदर्श समाज सम्वाददाता असाेज १५, २०७९
    पोखरा । पोखरा ४, कालीमाटीचोकस्थित जनहित महिला समूहको आयोजनामा दसैंतिहार अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । कार्यक्रममा गण्डकी प्रदेशका…
  • उदाहरणीय वडा अभियानमा अध्यक्ष कार्की

    आदर्श समाज सम्वाददाता असाेज १५, २०७९
    पोखरा । आफ्नो वडालाई उदाहरणीय वडारुपमा विकास गर्ने अभियानमा समाहित हुन पोखरा १४ का वडाध्यक्ष बोधबहादुर कार्कीले वडावासीसँग आह्वान गरेका…
  • पत्रकार महासंघ कास्कीमा इ–लाइब्रेरी सुरु

    आदर्श समाज सम्वाददाता असाेज १४, २०७९
    पोखरा, १४ असोज । नेपाल पत्रकार महासंघ कास्कीमा इ–लाइब्रेरी तथा स्रोत केन्द्र सुरु भएको छ । गण्डकी प्रदेश कानुन, सञ्चार तथा…
  • चाडपर्वमा मात्र अनुगमन

    आदर्श समाज सम्वाददाता असाेज १४, २०७९
    पोखरा । दसैंतिहार लगायत ठूला चाडपर्व भित्रिएपछि पोखरा बजारमा अनुगमन तीव्र बन्यो । अरु बेला सुतेर बस्ने अनुगमनकर्ताहरु चाडपर्व भित्रिएपछि…

hero news full width