पाल्पा, २० कात्तिक । तिहार पर्वको परिकार बनेको झिनियाँ रोटी पाल्पालीसँगै बाहिरी जिल्ला निकासी हुन थालेपछि व्यापारीहरु उत्साही बनेका छन्।
तानसेनका चोक-चोकमा झिनियाँ रोटी खरिद र बिक्री गर्नेहरुको भिडभाडले तिहारमा झिनीया नभइ हुने परिकार बनेको देखिन्छ। नेपालभरबाट माग आउन थालेपछि झिनियाँ रोटी बनाएर तानसेनका सयाँ महिलाहरुले गुजारा चलाएका छन्।
विगतमा नेवारी समुदायमा बढी चलन चल्तीमा रहे पनि आजकल अन्य समुदायको पनि झिनियाँ रोटी अनिवार्य परिकार बनेको छ। तिहारमा रगिबिरंगी झिनियाँ रोटी नभए परिकार अपुरो भएको ठानिन्छ। पकाउन सजिलो खान मिठो भएकोले पनि झिनियाँ रोटीको लोकप्रियता बढ्दै गएको छ।
पाल्पाका करीब एक सय घर परिवारले झिनियाँ रोटीबाट २० हजार देखि ३ लाख रुपैयाँ आम्दानी गर्ने गरेका छन्। बजारमा ४० रुपैयाँ दर्जन देखी ५ सय रुपैयाँ दर्जन सम्मका झिनियाँ रोटी बिक्री हुने गरेको छ। १२ महिना झिनियाँ रोटीको व्यापार भए पनि तिहार मुख्य सिजन भएकोले तिन चार लाख रुपैयाँको व्यापार हुदै आएको व्यापारी उषा बज्राचार्य बताइन्।
झिनियाँ रोटी चामलको मिसिनो पिठोबाट थरीका रंगहरु मिसाएर मेसिनबाट बनाइन्छ। तानसेनको झिनियाँ रोटी बुटवल, नारायणगढ, पोखरा, काठमाडौ, लगायत स्थानमा थोक व्यापारीहरुले खरिद गरेर लैजाने गरेको झिनियाँ ब्यापारीको भनाइ छ। नेवारी समुदायले भने पूजाआजा विवाह, व्रतबन्ध, भोजभतेरमा पनि झिनियाँ रोटीलाई प्रसादको रुपमा प्रयोग गर्ने गर्दछन्।
Related News
सम्बन्धित समाचार
कटुस पनि किनेर खान्छन् नेपाली
सुनिन छाडे असारे भाका
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
असार १५ : दहीच्युरा खाएमा औषधिको काम गर्छ
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
hero news full width
मुख्य समाचार
अडिएनन् अर्थमन्त्री : सांसदले बाँड्ने बजेट ल्याउन सहमत
तङ्ग्रिँदै मिछुर्लुङ होमस्टे
असार २०, २०७९मालपोत कर घटाउन दबाब
असार २०, २०७९ल्यान्डफिल साइट भरतपोखरीमा नसार्न दबाब
असार २०, २०७९प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
असार १९, २०७९ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९