लमजुङ, २० कात्तिक । लमजुङबाट ‘याक अट्याक २०१८। साइकल दौड प्रतियोगिता शुरु भएको छ। विश्वकै उच्च हिमाली भेगमा आयोजना हुने १२औँ संस्करण लमजुङबाट शुरु भएको हो।
अन्नपूर्ण चक्रीय पदमार्गको प्रवर्द्धन गर्न सो प्रतियोगिता गरिएको आयोजक समितिका प्रतियोगिता व्यवस्थापक अजय पण्डित क्षेत्रीले बताए।
व्यवस्थापक अजय सो प्रतियोगिताको पाँचौं शृंखलाका विजेता पनि हुनुहुन्छ। उनका अनुसार प्रतियागिताहरुले लमजुङ, मनाङ हुँदै पाँच हजार ४ सय १६ मिटर उचाइको हिमाली थ्रोङ्ला भञ्ज्याङ पार पार गरी मुस्ताङको मुक्तिनाथ मन्दिर पुगेर कालापानीसम्म पुगेर प्रतियोगिता टुंगिनेछ।
वेशीसहरबाट शुरु यात्रा पहिलो दिन मनाङको प्रवेश नाका ताल, दोस्रो दिन माथिल्लो मनाङ, तेस्रो दिन थ्रोङफेदी, चौँथो दिन मुस्ताङको कागवेनीमा बसेर पाँचौ दिन जोमसोम हुँदै कालापानी पुगेर प्रतियोगिता समाप्त हुने कार्यक्रम रहेको क्षेत्रीले जानकारी दिए।
उनीहरूले साइकलमा पाँच हजार ४ सय १६ मिटर उचाईको हिमाली थ्रोङ्ला भञ्ज्याङ पार गर्ने छन्। प्रतियोगिता अवधिभर उनीहरुले कुल १ सय ५७ किलोमिटर दुरी पार गर्नु पर्छ क्षेत्रीले बताए।
प्रतियोगितामा एक मात्रै नेपाली महिला सहभागी लक्ष्मी मगरले प्रतियोगिताले नेपाललाई विश्वमा चिनाउन र पर्यटन प्रवद्धनमा टेवा पुग्ने बताए। उनका अनुसार व्यक्तिगत रूपमा सहभागी हुँदा मनोरञ्जनका साथै फरक अनुभव, आत्मविश्वास र पहिचान प्राप्त हुने हुन्छ।
सो प्रतियोगितामा एक नेपालीसहित तीन विदेशी महिला समेत कुल ३३ जनाले भाग लिएको प्रतियोगिताका व्यवस्थापक मुखिया गोतामेले बताए। उनका अनुसार प्रतियोगीहरूमा ८ नेपाली र २५ विदेशी छन्। प्रतियोगितामा नेपालीसहित बेलायत, अष्ट्रेलिया, अमेरिका, फ्रान्स, अष्ट्रिया लगायतका मुलुकका नागरिकले भाग लिएका छन् गोतामेले भने।
प्रतियोगिताको पुरस्कार पुरुष र महिलातर्फका विजयीलाई २५/२५ सय प्रदान गरिने छ
प्रतियोगितामा हरेक दिन पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेको रेर्कर्ड राख्ने र समग्रमा ‘रेस ड्युरेसन।को समय जोडेर फाइनल विजेता घोषणा गरिने प्रतियोगिताका व्यवस्थापक मुखिया गोतामेले जानकारी दिए।
Related News
सम्बन्धित समाचार
मन्त्री र सचिवलाई कर्मचारीको म्यासेज :निजामती सेवा ऐनको मस्याैदा नै विभेदकारी भयो
दलितले भान्सा छोएपछि खाना फालियो, आरोपित २ पक्राउ, वडाध्यक्षसहित २ जना फरार
स्थानीयद्वारा तालचोक बेगनासताल सडक मर्मत
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
hero news full width
मुख्य समाचार
गोविन्दराज जोशी र विकास कोइरालाको कारवाही फुकुवा
उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता
चैत्र १९, २०७९पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
चैत्र १८, २०७९मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
चैत्र १८, २०७९मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९