पोखरा, १७ कात्तिक। पोखरामा क्रियाशील युवा पत्रकाहरुले फोहर व्यवस्थापनका लागि नौलो सामाजिक अभियानको थालनी गरेका छन्। पोखरा प्रवेशको मुख्यद्वार चाइनापुलदेखि जिल्ला ट्राफिक प्रहरी कार्यालय वरपर क्षेत्रमा दर्जन बढी डस्टबिन राखेर उनीहरुले उक्त अभियानको थालनी गरेका हुन्।
अभियानको थालनी गर्दै वडाध्यक्ष रामराज लामिछानेले सार्थक सामाजिक परिवर्तनको बिजारोपण भएको बताए।
वडा सदस्य राममाया मानन्धरले फोहर उपयुक्त व्यवस्थापन गरी मानवीय सभ्यताको प्रदर्शन गर्न वडावासीहरुलाई आग्रह गरिन्।
पोखरा महानगरपालिका कार्यालय सरसफाई शाखाकी प्रमुख कल्पना बरालले कठिन चुनौती बाबजुद सञ्जालले गरेको उक्त कार्यले वातावरण संरक्षणप्रति नागरिकको दायित्वलाई उजागर गरेको बताइन्। युवा पत्रकारहरुको अभियानले वातावरण संरक्षणप्रति सरोकारवाला निकायको विलम्बलाई चुनौती दिएको समेत उल्लेख गरिन्।
वडासचिव लोकदर्शन कोइरालाले संरक्षण र व्यवस्थापनका लागि निरन्तर खबरदारीमा जोड दिए। टोल विकास संस्था वडा समन्वय समिति वडा ९ का अध्यक्ष उत्तम जोशीले युवाहरुले थालेको अभियान सार्थक बन्ने विश्वास व्यक्त गरे।
सञ्जालका सल्लाहकार उमेश पुनले वातावरणीय स्वच्छता संरक्षणको अभियानमा हातेमालो गर्न सम्बन्धित सवैलाई आहृवान गरे। पत्रकारहरुमाथि हुने यातनाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा थालिएको उक्त अभियानका सन्दर्भमा सञ्जालले वातावरणमाथिको मानवीय यातना कुनैपनि हालतमा स्वीकार्य नहुने बताएको छ।
पहिलो चरणमा सञ्जालले पृथ्वीचोक आसपासमा १२ थान र चिप्लेढुंगादेखि महेन्द्रपुलसम्म ३ थान गरी १५ थान डस्टबीनहरु राखेको छ।
सञ्जालका अध्यक्ष भीम थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रथम उपाध्यक्ष सुशान्त गाहामगरले स्वागत र महासचिव सुरेशराज अधिकारीले संचालन गरेका थिए।
डेंगुबिरुद्ध सचेतना र्याली
क्रियाशील विभिन्न सरोकारवाला निकायको समन्वयमा सञ्जालले पोखरामा आइतबार डेंगुविरुद्धको सचेतना र्याली गर्ने भएको छ। एडिज एजिप्र्टाई जातको लामखुट्टेको टोकाइबाट लाग्ने डेंगुको संक्रमण पोखराका विभिन्न स्थानहरुमा फैलिरहेका बेला नागरिकमा सचेतना अभिवृद्धिका लागि र्यालीको आयोजना गरिएको अध्यक्ष भीम थापाले बताए। पोखरामा हालसम्म एक सयभन्दा धेरैलाई डेंगुको सक्रमण भेटिएकाले सचेत रहनसमेत सञ्जालले आह्वान गरेको छ। चिप्लेढुगाबाट बिहान ७ बजे शुरु हुने उक्त र्याली न्यूरोड, सभागृह, पृथ्वीचोक हुदै सामुदायिक अस्पतालसम्म पुग्ने सञ्जालका महासचिव सुरेशराज अधिकारीले बताए।
Related News
सम्बन्धित समाचार
वाइयुके सुपरमार्केट तीजगीत
राधाकृष्ण गुरुकुल विद्यालयको भवन उद्घाटन
शिवटोल विकासमा नयाँ कार्यसमिति
कास्की मोडनाइज्डमा अभिमुखीकरण
मिडिया फुटसल प्रतियोगिता हुने
hero news full width
मुख्य समाचार
भगिनी सम्बन्धको दुरुपयोग
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
भाद्र २, २०७९नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९