पोखरा, १७ कात्तिक। भरतपोखरी विकास मञ्चको शनिवार सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनले डिल्लीराम बरालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
कार्यसमिति उपाध्यक्षमा दुर्गा केसी, महासचिवमा गणेशप्रसाद ढकाल, सचिवमा सुन्दर अधिकारी र कोषाध्यक्षमा गोविन्दप्रसाद गौतम छन्।
सदस्यमा विजया भण्डारी, दिनेश आचार्य, कल्पना नेपाली, बाबुराम अर्याल, चेतबहादुर महत, रनबहादुर गुरूङ र ऋषिमाया लामिछाने छन्। रिक्त १ सदस्य समितिले पछि मनोनीत गर्नेछ।
यसअघि प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले सामाजिक विकास क्षेत्रमा मञ्च वडासँग समन्वय गर्दै अगाडि बढ्न सुझाव दिइन्। कार्यक्रममा पोखरा ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यले विकास मञ्चले सामाजिक विकासको जागरणलाई अगाडि बर्ढाई समृद्ध वडा विकासमा लाग्नुपर्नेमा जोड दिए।
सो अवसरमा विभिन्न विद्यार्थीलाई छात्रवृत्ति वितरण तथा सम्मान कार्यक्रम समेत गरियो।
कार्यक्रममा विकास अध्ययनमा विधावारिधि गर्ने डा अजय थापा, नेपाली साहित्यमा विद्यावारिधि गर्ने अशोक थापा, डा ढाकाराम भण्डारी, सरस्वती टीका बहुमुखी क्याम्पस स्नातक तह ब्यवस्थापन संकाय सवोर्त्कृट अंक हासिल गर्ने मीना सुवेदी आचार्य, दश जोड दुर्इमा सवोत्कृष्ट अंक हासिल गर्ने सन्तोष काफ्ले एसर्इइतर्फ भरतपोखरी क्षेत्रका सामुदायिक विद्यालयमा सवोर्त्कृष्ट अंक हासिल गर्ने नम्रता काफ्लेलाई सम्मान समेत गरिएको थियो।
कार्यक्रममा अध्यक्षको आसनबाट संस्थाका अध्यक्ष डिल्लीराम बरालले संस्थाको भावी योजनाबारे जानकारी दिँदै भरतपोखरी क्षेत्रको विकास एवं सामाजिक जागरणका क्षेत्रमा मञ्चले गर्दै आएको भूमिकाबारे प्रकाश पारे। कार्यक्रममा स्वागत गोविन्दप्रसाद गौतम र संचालन महासचिव गणेशप्रसाद ढकालले गरेका थिए। सम्मानति व्यक्तितर्फबाट डा अजय थापा, सल्लाहकार इ. कृष्णप्रसाद अधिकारी, यज्ञप्रसाद अधिकारी र केशरप्रसाद निदोर्षीले विकास मञ्चले गरेका कार्यको प्रशंसा गरे।
Related News
सम्बन्धित समाचार
हिमालय आँखा अस्पताललाई जापानको सहयोग
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
समता स्कुल पर्वतमा अक्षयकोष
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
राष्ट्रियसभा उपाध्यक्षमा उर्मिलाको उम्मेदवारी
hero news full width
मुख्य समाचार
प्रदेश मन्त्रालयलाई समयमै कम्प्युटर आपूर्ति नगर्ने कम्पनीको धरौटी जफत
बिना लाइसेन्स चलाएको स्कुटर दुर्घटना, आमाको मृत्यु, छोरी जेल चलान
माघ २५, २०७९३४ वटा ऐन संशोधन गर्दै गण्डकी सरकार
माघ २४, २०७९कांग्रेस नेता घलेको निधन
माघ २४, २०७९चिकित्सक संघमा लोकतान्त्रिक समूहको वर्चश्व
माघ २४, २०७९राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
माघ २४, २०७९