पोखरा, १७ कात्तिक।गुड नेर्वर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा मादी गाउँपालिकामा अन्तरविद्यालयस्तरिय अतिरिक्त क्रियाकलाप सम्पन्न भएको छ।
कार्यक्रममा दुर्इ सय र चार सय मिटर दौड, हाजिरीजवाफ, कविता लेखन तथा वाचन, वक्तृत्वकला, निबन्ध लेखन, बाल कचहरी, कम्प्युटर सीप परीक्षणजस्ता प्रतियोगितात्मक अतिरिक्त क्रियाकलाप सञ्चालन गरिएको थियो।
मादी गाउँपालिकाका ८, ९ र ११ का राष्ट्रज्योति, मा.वि., हिमालय मा.वि., प्रभात आवासीय विद्यालय (आ.वि.), बालकल्याण आ.वि, सरास्वतीकुञ्ज आ.वि र नारायण आ.वि. बीचमा प्रतियोगिता सञ्चालन गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बैनबहादुर क्षत्रीले शैक्षिक गुणस्तरको मापन गर्ने एउटा सुचक अतिरिक्त क्रियाकलाप रहेको बताए।
सो अवसरमा क्षत्रीले अतिरिक्त क्रियाकलाप शैक्षिक कार्यक्रम सँगसँगै अगाडि नबढेकाले आगामी दिनमा व्यवस्थित रूपमा आएका विद्यालयका मागलाई मन्त्रालयसँग समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरे। कार्यक्रममा नौलो घुम्ती नेपालका अध्यक्ष खड्गबहादुर रानाभाटले संस्थाका विविध कार्यक्रमको बारेमा प्रकाश पार्दै अवसर कार्यक्रमले विद्यार्थीको प्रतिभालाई थप प्रष्फुटन गर्नुका साथै यस कार्यक्रमले विद्यार्थीले दक्षता हासिल तथा अन्तरनिहित क्षमता वृद्धि गराउनेमा विश्वास व्यक्त गरे।
गुड नेर्वर्स इन्टरनेशनल नेपाल कास्कीका जिल्ला संयोजक टुपेन्द्र खुलालले विद्यार्थीका अन्तर्निहित प्रतिभाको प्रष्फुटनका लागि बालबालिकालाई अतिरिक्त क्रियाकलापमा सहभागी भई यस कार्यक्रमबाट राष्ट्रियस्तरमा पनि पहिचान हुने अवसर भएको जानकारी दिए।
राष्ट्रज्योति माध्यमिक विद्यालय, मादी ११, सैमराङका अध्यक्ष प्रेम तामाङले नौलो घुम्ती नेपाल र गुड नेर्वर्स इन्टरनेशनल नेपालको सहयोगले विद्यालयको शैक्षिक तथा भौतिक सुधार आएको बताए। कार्यक्रममा शिक्षाका पूर्व निर्देशक योगेन्द्र बस्नेत, मादी गाउँपालिकाका शिक्षा प्रमुख हिमलाल शर्मा, वडा-११ वडाध्यक्ष मित्र बहादुर गुरुङलगायतले मन्तव्य व्यक्त गरेका थिए। गुड नेर्वर्सको सहयोगमा सञ्चालित उक्त कार्यक्रमको व्यवस्थापन नौलो घुम्ती नेपाल र आयोजना राष्ट्रज्योति माध्यमिक विद्यालय, मादी ११, सैमराङले गरेका थिए।
कार्यक्रमको सञ्चालन आयोजक विद्यालयका शिक्षक मिलन सुवेदीले गरेका थिए।
Related News
सम्बन्धित समाचार
हिमालय आँखा अस्पताललाई जापानको सहयोग
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
समता स्कुल पर्वतमा अक्षयकोष
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
राष्ट्रियसभा उपाध्यक्षमा उर्मिलाको उम्मेदवारी
hero news full width
मुख्य समाचार
२४ वटा ऐन संशोधन गर्दै गण्डकी सरकार
कांग्रेस नेता घलेको निधन
माघ २४, २०७९चिकित्सक संघमा लोकतान्त्रिक समूहको वर्चश्व
माघ २४, २०७९राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
माघ २४, २०७९इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
माघ २४, २०७९पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
माघ २४, २०७९