लेखनाथ, १५ कात्तिक। डाँडाकोनाक प्रहरी चौकीमा सरुवा भइ भई आएका प्रहरी नायव उपनिरीक्षक (डिएसपी) मोहनबहादुर खाँणले शान्तिसुरक्षामा खलल पुर्याउने आपराधिक मनोवल भएको जो कोही व्यक्ति आफ्नो नजरबाट फुत्कन नपाउने चेतावनी दिएका हुन् ।
लेखनाथ सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रले उनको स्वागत सम्मानमा विहीवार आयोजना गरेको कार्यक्रममा डिएसपी खाँणले अपराधी कोही कसैको नातागोता वा नेताको आदेशमा नभइ कानूनको दायरामा राखेर कारबाही गरेरै छाड्ने प्रतिबद्धता जनाए।
पोखरामा यसअघि काम गरिसकेकाले पुनः यहाँ आउँदा आफूलाई थप जिम्मेवारी बनाएकोले यसलाई आफूले अवसर र चुनौतीको रुपमा लिएको उल्लेख गर्दै उनले स्थानीयवासीको सहकार्य र समन्वयमा शान्तिसुरक्षामा कुनै पनि कमी आउन नदिने बताए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर रानाले समाजमा अशान्ति फैलाउने, जुवातास खेल्नेदेखि लागुऔषधका घटना आफू आएपछि केही नियन्त्रण भएको दाबी गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले जाने बताए ।
लेखनाथ सामुदायिक केन्द्रका अध्यक्ष रमेश ओझाको अध्यक्षतामा भएको सो कार्यक्रममा सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्की अध्यक्ष सोमनाथ बास्तोला, वडा २९ का वडाध्यक्ष चेतबहादुर गुरुङ, वडा ३० का वडाध्यक्ष श्रीराम पोखरेल, वडा ३२ का वडाध्यक्ष अक्लबहादुर कार्की लगायतले जनता र प्रहरी सहयोगमा आपराधिक क्रियाकलाप न्यूनिकरण गर्नुपर्नेमा जोड दिए ।
संस्थाका सचिव त्रिलोचन लामिछानेले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य निवर्तमान अध्यक्ष ज्ञानेन्द्र बजगाईँले गरेका थिए।
डिएसपी खाँण हालैमात्र नवलपरासी जिल्लाबाट सरुवा भइ आएका हुन् ।
Related News
सम्बन्धित समाचार
रत्न मन्दिरको गेट खुल्यो, पहिलो दिन सर्बसाधारणको भीड
कौसी खेतीमा पोखरा महानगरको जोड
चापापानी टोल विकासमा प्रेम
सिर्जनशीलमा प्राज्ञिक लेखन र भाषा साहित्य गोष्ठी
सेतीकालीको प्रथम मुखपत्र विमोचन
hero news full width
मुख्य समाचार
सांसदले बाँड्न पाउने गरी प्रति क्षेत्र ५ करोड विनियोजन
आगामी आवको बजेट १७ खर्ब, ५१ अर्ब, ३१ करोड
जेठ १५, २०८०गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
जेठ १५, २०८०स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान १ खर्ब ४६ अर्ब, सःशर्त अनुदान २ खर्ब २७ अर्ब
जेठ १५, २०८०‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
जेठ १५, २०८०गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
जेठ १५, २०८०