स्याङ्जा, १५ कात्तिक। युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले खेलकुद माध्यमबाट आर्थिक समृद्धिमा गर्नुपर्ने बताएका छन्। भीरकोट-५, स्वरेक मैदानमा प्रथम प्याराग्लाइडिङ् एक्युरिसी विश्वकप प्रतियोगिता विहीवार उद्घाटन गर्दै मन्त्री विश्वकर्माले राज्यले अब खेलकुदका क्षेत्रमा पर्याप्त लगानी गर्ने समेत जानकारी दिए।
देशको अर्थतन्त्र बलियो बनाउन हाम्रो देशको भुगोल प्राकृतिक वरदानको सही सदुपयोग गर्दे खेलकुदको बिकास गर्नुपर्नेमा जोड दिए। खेलकुदको पूर्वाधार विकासका लागि स्थानीय तहले ३० प्रतिशत लगानी गरे केन्द्रीय सरकारले ७० प्रतिशत लगानी गर्ने मन्त्री विश्वकर्माले प्रतिबद्धता जनाए।
कार्यक्रममा प्रतिनिधसभा सदस्य नारायणप्रसाद मरासिनी, प्रदेशसभा सदस्य मोहनप्रसाद रेग्मी, नेपाल प्याराग्लाइडिङ् तथा हृयाण्डग्लाइडिङ संघका अध्यक्ष रुपनारायण श्रेष्ठ, जिल्ला समन्वय समिति प्रमुख सिता सुन्दास, भीरकोट नगरपालिका प्रमुख छायाराम खनाल, सचिवालय संयोजक अनन्तकुमार श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए।
नेपाल प्याराग्लाइडिङ् तथा हृयाण्डग्लाइडिङ संघ, नेपाल हवाई खेलकुद संस्था तथा बाबु एड्भेन्चर क्लब स्याङ्जाले प्याराग्लाइडिङ् एक्युरिसी विश्वकपको आयोजना गरेको हो। पाँचदिने प्रतियोगितामा नेपालका, साउथ कोरिया, जर्मनी, पाकिस्तान, मलेसिया, मंगोलिया, साउदी अरेबिया र सोल्भानियाका, भारत, थाइल्याण्ड, चिन, इन्डोनेसिया, क्यानडा, हंगेरी, इप्जिप्ट, सिगांपुर, नेदरल्याण्ड, अमेरिका, युर्एइ र र्टर्कीकागरी २० देशका ९८ जना खेलाडी सहभागि हुने बाबु एडभेन्चर क्लवका निर्देशक सानुबाबु सुनुवारले जानकारी दिए।
प्रतियोगितामा पुरुष र महिला एकल तथा समुहमा गरि ४ पदक, ३० पदकका लागि प्रतिस्पर्धा हुने छ।
नेपाल भ्रमण वर्ष २०२० मा हवाई साहसिक पर्यटकको संख्यामा वृद्धि गर्ने र नेपालको हवाई खेललाई बिश्वभर चिनाउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको क्लवका अध्यक्ष कृष्णजंग केसीले जानकारी दिए।
प्याराग्लाइडिङ् एक्युरिसी विश्वकपमा एफएआईका प्रमुख जोनाडिक उल्गेसाले प्रमुख निर्णायक छन् भने प्रतियोगितामा इण्डोनोसियाका माकुर एफान्डी र मीट डाइरेक्टरमा इन्डोनेसीयाका टोनी सुसान्टो सहित २० जना निर्णायक छन्। एकल प्रतिस्पर्धामा प्रथम हुनेले एक हजार युरो, द्वितीयले ७ सय ५० युरो र तृतीयले ५ सय युरोसहित स्वर्णपदक, मेडल सहित प्रमाणपत्र पाउने छन्।
त्यस्तै समूहगत प्रथम हुनेले एक हजार ५ सय, एक हजार २ सय द्वितीय र तृतीयले ७ सय युरो सहित मेडल, प्रमाणपत्र र स्वर्णपदक पाउने छन्। प्रतियोगिता उद्घाटन विहीवार भए पनि शुक्रबारबाट प्रतिस्पर्धा शुरु हुनेछ। प्रतियोगिताअन्तर्गत स्वरेकबाट उडेको प्याराग्लाइडिङ वालिङ्का डौैवाफाटमा अवतरण गर्नेछ।
Related News
सम्बन्धित समाचार
नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक
एन्फा निर्वाचनमा कास्की र गोरखा आउट
खेलकुद पत्रकार मञ्चमा देवेन्द्र दोहोरिए
नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्यो प्रदेश सरकार
शुभकामना गोल्डकप विजेतालाई ६ लाख
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९