लमजुङ, १५ कात्तिक। सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले मनाङको विकट फू गाउँमा मोवाइल सेवा उद्घाटन गरेका छन्। हिमालीपारीको जिल्ला मनाङको विकट फू गाउँमा जीएसएम मोवाइल सेवा शुरु गरिएको हो।
सो अवसरमा मन्त्री वास्कोटाले टेलिफोन तथा मोवाइल सेवा नपुग्दा अझै पनि विकटका नागरिक प्रविधिबाट वञ्चित हुनुपरेको बताए। उनले विकट गाउँमा मोवाइल सेवा पुर्याउन आवश्यक रहेको बताउँदै मुलुकभर मोवाइल सेवा नपुगेका गाउँमा चालु आर्थिक वर्षभित्र पुर्याउने नीति सरकारले लिएको बताए।
नार र फू गाउँपालिकाका अध्यक्ष मिङमा छिरिङ लामाले यसअघि गाउँका लागि दुर्इ लाइनको भिस्याङ टेलिफोन भए पनि हिउँ परेको बेला र बिहान र बेलुका काम गदैन्थ्यो, त्यसैले विकट गाउँमा मोवाइल टावर सञ्चालनमा आएपछि स्थानीयमा खुसी छाएको बताए। अब मोवाइल सेवाले गाउँलेहरूले सूचना र प्रविधिको प्रयोग गर्न पाउँनेछन् उनले भने।
समुद्री सतहदेखि ४ हजार २ सय मिटर उचाइमा भिस्याङ लिङ्कबाट जडान गरिएको मोवाइलको टावरले नजिकै देखिने नामजुङ पिक र हिमलुङ हिमाल बेस क्याम्पसम्म काम गर्ने नेपाल टेलिकम मनाङका प्रमुख ङमिाङटिु लामाले बताए। उनका अनुसार उक्त टावरले नार गाउँ प्रवेश गर्ने लोउङ पास तथा तिब्बत प्रवेश गर्ने केङछिपी पाससम्म र माथिल्लो मुस्ताङ प्रवेश गर्ने सलिपुङ पाससम्म काम गर्नेछ।
फू गाउँमा मोवाइल टावर ल्याउनका लागि मनाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङ र नेपाल टेलिकम मनाङका कर्मचारीले पहल गरेको स्थानीयले बताए।
लामाले नार र फू गाउँपालिका ४ र ५ फू गाउँको टासी ल्हकाङ गुम्बा परिसरमा टावर राखिएको जानकारी दिए । उनका अनुसार रिपिटर टावरको रेडियो लिङ्क तथा अप्टिकल फाइबरबाट सम्भव नभएपछि गाउँमा स्याटलाइट लिङ्क प्रयोग गरिएको छ।
फू गाउँमा करिब ५५ घरधुरी रहेको नार र फू गाउँपालिकाका अध्यक्ष मिङमा छिरिङ लामाले बताए। सो गाउँसम्म पुग्न मनाङ सदरमुकाम चामेबाट २ दिन पैदलयात्रा गर्नु पर्दछ।
Related News
सम्बन्धित समाचार
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
समता स्कुल पर्वतमा अक्षयकोष
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
राष्ट्रियसभा उपाध्यक्षमा उर्मिलाको उम्मेदवारी
पर्वतीय संग्रहालयले स्थापना दिवस मनायो
hero news full width
मुख्य समाचार
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
माघ २४, २०७९पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
माघ २४, २०७९महानगरले सुरु गर्यो सशुल्क पार्किङ
माघ २४, २०७९पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
माघ २३, २०७९प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९