काठमाडौँ, १४ कात्तिक । प्रस्तावित ‘चिकित्सा शिक्षा विधेयक २०७५’ लाई छिटोभन्दा छिटो सहमतिका आधारमा संसद्मा पेश गर्न सांसदले जोड दिएका छन् ।
सरकार र प्राडा गोविन्द केसीबीचमा सो विधेयक संसद्मा शीघ्र पेश गरी पारित गराउने सहमति भएको थियो ।
सो सहमतिका आधारमा विधेयकमाथि सत्तापक्ष र विपक्षका २३ जना सांसदले विभिन्न बुँदामा संशोधन दर्ता गराएका थिए।
हाल सो विधेयक प्रतिनिधि सभा, शिक्षा र स्वास्थ्य समितिअन्तर्गतको उपसमितिमा छलफलमा छ । समितिको बुधवार बसेको बैठकमा समितिका सदस्यले विधेयकलाई अगाडि बर्ढाई सहमति खोज्न आग्रह गरेका थिए।
समितिका सदस्य एवं पूर्वमन्त्री खगराज अधिकारीले संसद्को गत अधिवेशनमा पेश गर्ने तयारी हुँदाहुँदै प्राविधिक कारणले रोकिएको विधेयकलाई उपसमितिले सहमतिका आधारमा टुङ्गोमा पुर्याई समितिसमक्ष पेश गर्न आग्रह गरे।
समितिका अर्का सदस्य योगेश भट्टराईले विधेयकले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा बहुआयामिक प्रभाव पार्ने चर्चा गर्दै आग्रह एवं पूर्वाग्रहविना विधेयकमाथि अझ व्यापक छलफल आवश्यक रहेको बताए।
समितिका सदस्य मनकुमारी जिसी, हितबहादुर तामाङ, एकल मियाँले शिक्षा र स्वास्थ्यका कार्यक्रमका अनुगमनको आवश्यकता रहेको बताए।
बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले समग्र स्वास्थ्य सुधारका लागि उपकरण, औषधि तथा जनशक्ति तीनै क्षेत्रमा काम भइरहेको जानकारी दिए।
समितिका सभापति जयपुरी र्घर्तीको अध्यक्षतामा सो बैठक सम्पन्न भएको थियो ।
Related News
सम्बन्धित समाचार
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी
पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा
नवलपुरको सर्दी जंगलमा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९संसद फेस गर्छु : मुख्यमन्त्री अधिकारी
चैत्र १३, २०७९