काठमाडौँ, १४ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै अनौपचारिक रुपमा आफ्नो काम थालनी गरेका छन् ।
शिक्षण अस्पतालमा उपचारार्थ प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिँदै प्रा डा अरुण सायमीले रक्षा, गृह र ऊर्जामन्त्रीसँग अस्पतालमै बैठक राखी आफ्नो कामको सुरुआत गरेको बताए। उनले भने, “प्रधानमन्त्रीले राम्ररी सुत्नुभएको छ, राम्ररी खानुभएको छ, आरामका लागि मात्र हामीले केही दिन अस्पतालमा बस्नुपर्छ भनेर सल्लाह दिएका हौँ।”
अस्पतालका निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले गत सोमबार भर्ना भएपछि अहिलेसम्मको अवधिमा प्रधानमन्त्रीको स्वास्थ्यमा प्रत्येक घण्टा सुधार आएको छ, एन्टिबायोटिकको कोर्ष एक/दुर्इ दिन बाँकी रहेकाले त्यो अवधिसम्म अस्पतालमै रहनु उपयुक्त हुने सल्लाह प्रधानमन्त्री ओलीलाई दिएको जानकारी दिए। प्रधानमन्त्रीका स्वास्थ्य अवस्थाका बारेमा अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा बिहान परीक्षण गरिएका रिपोर्ट सन्तोषजनक रहेको र स्वास्थ्य स्थितिमा थप सुधार देखिएको उल्लेख छ।
Related News
सम्बन्धित समाचार
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
महानगरमा बिदा नहुने
गणतन्त्र दिवस ३ दिन मनाइने
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
hero news full width
मुख्य समाचार
पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९