पोखरा, १४ कात्तिक। चीनको यिपिन सहरका उपमेयर चाङग फिङ्ग र पोखराका मेयर मानबहादुर जिसीबीच बुधबार भेटवार्ता भएको छ।
भेटमा उपमेयर फिङ्गले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे चासो देखाएका छन्। उनले विमानस्थल पूरा भइसकेपछि यिपिनबाट पहिलो उडान भर्न चाहेको उल्लेख गरे।
गत असोजमा यिपिन र पोखराबीच भगिनी सम्बन्ध स्थापित भएपछि यिपिनका उपमेयरसहित सात सदस्यीय टोली बुधबार यहाँ आएको हो।
उनले पोखरा महानगरका प्रमुख जिसीलाई महानगरलाई विकास गन पहिले कृषिभन्दा पर्यटनलाई जोड दिन सुझाए । उनले भने, ‘पोखरा साच्चिकै सुन्दर छ। यहाँ आइपुग्दा हामीलाई घरमै आइपुगेको जस्तो आभास भयो। त्यसैले यहाँ कृषिको भन्दा पहिले पर्यटन विकासमा लाग्नुस्।’ उनले पोखरामा खिचेको फोटो यिपिनमा पठाउँदा सबै ढंग परेको सुनाए।
सहरका कृषि विकास ब्यूरो प्रमुख मिच्याङले पोखरा र यिपिनको भौगोलिक बनावट मिल्ने भएकाले कृषि विकासमा सहयोग गर्न आफूहरु तत्पर रहेको बताए। ‘यहाँ आउनुको मुख्य कारण नै हाम्रो चियाको प्रचारप्रसार गर्नु हो,’ उनले भने, ‘यसले दुर्इ देशबीचको अध्ययन र अनुभव आदानप्रदान गर्न सहयोग पुगेको छ।’
पोखराका मेयर जिसीले विमानस्थल निर्माण भइसकेपछि यिपिन ४ घण्टामै पुगिने भएकाले धेरै कुरामा सहयोग पुग्ने बताए। ‘यिपिन सहरबाट वाषिर्क ५ प्रतिशतमात्रै पर्यटक पोखरा आउन सके भने हाम्रो पर्यटन विकासमा उल्लेख्य परिवर्तन आउने छ,’ उनले भने।
महानगर कार्यालयका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले पोखरा उत्कृष्ट पर्यटकीय गन्तव्य भएकाले पर्यटन क्षेत्रलाई विशेष ध्यान दिएर विकास गरिरहेको सुनाए। भेटवार्तामा यिपिनका भ्रमण प्रतिनिधिले मेयर जिसीलाई यिपिन सहर भ्रमणको निम्ता दिए।
Related News
सम्बन्धित समाचार
चिल्ड्रेन नेपालको उद्घोषणकला तालिम
इमानदारितापूर्वक काम गर्न पौडेलको आग्रह
धनराज पोखराको १६ औं मेयर
आर्वाविजय माविको सुविधायुक्त भवन
चुनावको जात्रा, मकैको व्यापार
hero news full width
मुख्य समाचार
काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
करोडौं मूल्यको अतिक्रमित जग्गा फिर्ता ल्यायौं –योगेन्द्रमान श्रेष्ठ
जेठ १२, २०७९प्रदेश सभामा मुख्यमन्त्री पाेखरेलकाे संवाेधन : संघीयता सुदृढीकरण, अधिकार र स्रोत प्राप्तिका लागि संघ सरकारसँग संघर्ष जारी छ
जेठ ११, २०७९‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
जेठ ११, २०७९संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९