पोखरा, १४ कात्तिक । महिला सीप विकास संस्था, पोखराले सञ्चालन गरेको तीनमहिने हाते तान बुनाइ तालिम सकिएको छ । तालिममा ४१ जना प्रशिक्षार्थीको सहभागिता थियो ।
प्रमुख अतिथि प्रदेश सांसद बिन्दुकुमार थापाले तालिमपश्चात रोजगारीबाट आत्मनिर्भर बनी पारिवारिक सुखशान्ति, अनुशासित र सभ्य समाजको निर्माणमा लाग्न प्रशिक्षार्थीलाई सुझाव दिए । सो आगामी दिनमा यसप्रकारका तालिमका लागि प्रदेश सरकारबाट सक्दो सहयोगको पहल गर्ने बताए ।
महिला सीप विकास संस्था, पोखराकी कार्यकारी निर्देशक रामकली खड्काले संस्थाका गतिविधिबारे जानकारी दिँदै तालिम सिकेपछि निरन्तर काम गर्न आग्रह गरिन् ।
अक्सफाम इन नेपालका टिम लिडर प्रकाश सुवेदीले पनि सो अवसरमा शुभकामना मन्तव्य राखेका थिए ।
यस्तै, प्रशिक्षार्थी मनदेवी विश्वकर्माले तालिम प्राप्त गरेपछि स्वरोजगार बन्न मद्दत मिल्ने बताइन् ।
संस्थाका कावा अध्यक्ष काशीमाया गुरुङको अध्यक्षतामा सम्पन्न समापन समारोहको सञ्चालन विष्णुप्रसाद बरालले गरेका थिए।
Related News
सम्बन्धित समाचार
युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
ढल्केबरको तरबुजा बेंसीसहरमा
पेट्रोलकाे भाउ बढेर लिटरकै १ सय ८० पुग्याे, खाना पकाउने ग्यासको मूल्य २ सय बढ्यो
स्वर्णिम वाग्लेको अतृप्त अवसर लोकार्पण
नेपाल अडिटर्स एसोसियसन (अडान) गण्डकीमा पदमबन्धु पोखरेल
hero news full width
मुख्य समाचार
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९नौमती बाजाः जीतको पर्याय
जेठ ९, २०७९गण्डकीमा दलित नेतृत्व २ मात्रै
जेठ ९, २०७९