काठमाडौँ, १२ कात्तिक। प्रधानमन्त्री केपी शर्मा ओलीको छातीमा संक्रमण देखिएपछि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएका छन्। उनको उपचारमा संलग्न चिकित्सकले ओलीको स्वाथ्य स्थिति स्थिर रहेको बताएका छन्।
प्राडा अरुण सायमीको संयोजकत्वमा प्राडा दिव्यासिंह शाह तथा डा सन्तकुमार दास सम्मिलित चिकित्सक टोलीले प्रधानमन्त्रीको उपचार गरिरहेको छ।
“प्रधानमन्त्रीज्यूको स्वास्थ्य परीक्षणका पछिल्ला रिपोर्ट सुधारोन्मुख छन्, सुगरको लेभल पनि स्थिर छ”, प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे सोमबार साँझ सञ्चारकर्मीलाई जानकारी दिँदै प्राडा सायमीले भने।
उनलाई छातीमा संक्रमण देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान, ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टर’ को ‘मोबाइल कोरोनेरी केयर युनिट’ -एमसिसियु) मा सोमबार बिहान ४:३० बजे भर्ना गरिएको थियो। प्रधानमन्त्रीलाई उपचारका लागि विदेश लैजानुपार्ला कि भन्ने पत्रकारको जिज्ञासामा उनका निजी चिकित्सक डा दीव्या सिंहले शिक्षण अस्पतालको ‘अर्ब्जर्भेसन’ पछि यसबारेमा थाहा हुने प्रतिक्रिया दिइन्।
डा सिंहले ओलीलाई एमसिसियुमा राख्नुपर्ने अवस्था नरहे पनि भेटघाटका लागि आउने भीडका कारण थप संक्रमण हुन सक्ने भएकाले उक्त कक्षमा आराम गराई उपचार गराइएको जानकारी दिए।
यसैबीच, प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न पार्टीका अध्यक्ष पुष्पकमल दाहाल लगायत वरिष्ठ नेताहरु तथा मन्त्रिगण अस्पताल पुगेका थिए।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार नै प्रधानमन्त्री ओलीलाई भेटेर स्वास्थ्यस्थितिबारे जानकारी लिँदै शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए। नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पनि प्रधानमन्त्रीलाई भेटेर स्वास्थ्यस्थितिबारे जानकारी लिए।
मृर्गौला प्रत्यारोपण गरिएका कारण प्रधानमन्त्री ओली विगतमा ‘फलोअप’ का लागि थाइल्याण्डको बैंकका जाने गर्दथे।
दशैँमा गृहजिल्ला झापा पुगी फर्किएर काठमाडौँ टीकाटालो गर्नुका साथै कार्यकर्ता र सर्वसाधारणलाई दैनिक टीका लगाएका कारण उनलाई धपेडी भएको थियो। अस्वस्थताका कारण प्रधानमन्त्री ओली नेकपाले आयोजना गरेको चियापान कार्यक्रममा अनुपस्थित भए।
Related News
सम्बन्धित समाचार
हिमालय आँखा अस्पताललाई जापानको सहयोग
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
समता स्कुल पर्वतमा अक्षयकोष
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
राष्ट्रियसभा उपाध्यक्षमा उर्मिलाको उम्मेदवारी
hero news full width
मुख्य समाचार
प्रदेश मन्त्रालयलाई समयमै कम्प्युटर आपूर्ति नगर्ने कम्पनीको धरौटी जफत
बिना लाइसेन्स चलाएको स्कुटर दुर्घटना, आमाको मृत्यु, छोरी जेल चलान
माघ २५, २०७९३४ वटा ऐन संशोधन गर्दै गण्डकी सरकार
माघ २४, २०७९कांग्रेस नेता घलेको निधन
माघ २४, २०७९चिकित्सक संघमा लोकतान्त्रिक समूहको वर्चश्व
माघ २४, २०७९राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
माघ २४, २०७९