हेमजा, १२ कात्तिक। पोखरा याम्दीस्थित पेमा छाल शाक्य गुम्बामा यतिबेला भज्रकिलाया सेन्ड मण्डला महापूजा जारी छ।
कात्तिक ४ गतेदेखि शुरु पूजा आगामी बुधवारसम्म चल्नेछ।उक्त पूजामा लोपोन नावाङ ढाक्पाले सांस्कृतिक पूजारी तथा गुम्बाका पूजारी खेन्पो जाम्पा ढाक्पाले सहायक पूजारीको भूमिका निर्वाह गरिरहेका छन्।
विश्वशान्तिको कामना तथा परिवार एवम् समाजका कार्यहरुमा भएका रोकावट र ग्रहशान्तिका लागि भन्दै गुम्बामा वषैपिच्छे यस किसिमको पूजा हुँदै आएको गुम्वाका प्रिन्सिपल लामा टासी अङग्याल विष्टले जानकारी दिए।
पूजामा गुम्बामै अध्ययनरत कुल ६० जना लामा तथा १२ जना अमेरिकन नागरिकको समेत सहभागिता छ। ११ दिनसम्म चल्ने पूजाको अन्तिम दिन बुधवार भज्रकिलाया मुकुट नृत्यको विशेष प्रदर्शनी रहेको बताइएको छ।
पूजामा दैनिक १/१ जना लामाले जिल्ला स्तरीय परीक्षा -धुन्पा) दिने र उक्त परीक्षामा उत्तीर्ण भई पूजापाठको परीक्षा एवम् कक्षा ८ उत्तीर्ण गरेका लामा मात्रै कलेजमा १० वर्षका लागि बौद्घ दर्शन पढन पाउने गुम्बा व्यवस्थापन समितिका सचिव लोब्साङ छिरिङ लामाले बताए।
साछेन कुन्गा ङगिपो रिन्पोछेको पुण्यतिथि तथा भगवान् गौतम बुद्घले बुद्घत्व प्राप्त गरेपछि आफ्नी आमालाई कृतज्ञता व्यक्त गर्नका निम्ति स्र्वर्गबाट पृथ्वीलोकमा आएको दिनको अवसरमा गुम्बाले यो पूजा गर्दै आएको छ।
सन् १९९९ मा स्थापित सो गुम्बामा हाल एक सय २५ लामाहरु अध्ययन गर्ने गर्दछन्।
Related News
सम्बन्धित समाचार
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
स्याङ्जा जिप दुर्घटनामा परिवारका सदस्य गुमाएका अर्जुन भन्छन्, ‘नसोचेको भयो’
विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा
स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा
नेपाली प्राध्यापक झालाई चीन सरकारको अवार्ड
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९