पोखराको अर्को जित, विराटनगर स्तब्ध

आदर्श समाज सम्वाददाता
कार्तिक १३, २०७५
PPL Cricket Main Photo

पोखरा, १२ कात्तिक । पोखरा प्रिमियर लिग (पीपीएल) टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार पोखरा पल्टन र हुलास काठमाडौं रोयल्सले दोस्रो जित निकाल्दै लिग तालिकामा सर्वाधिक अंक जोडेका छन् ।

पोखरा रंगशालाको क्रिकेट मैदानमा घरेलु टिम पोखरा पल्टन सोमबार चितवन राइनोजलाई ५ विकेटले पराजित गर्दै ४ अंकका साथ लिग तालिकाको दोस्रो स्थानमा छ । ३ खेल खेलिसकेको घरेलु टिमले १ मा हार २ खेल जित्न सफल भएको हो । उता, एक खेल खेल्न बाँकी बुटवल ब्लाष्टर लगातार दोस्रो जितका साथ समान ४ अंककासाथ शीर्षमा छ । चितवन राइनोज जितको खोजीमा पुछारमै छ। यस्तै, २ खेल खेलेको एर्क्पर्ट धनगढी ब्लुजको २ अंक छ।

सोमबारको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले प्रस्तुत गरेको १ सय ४१ रनको लक्ष्य पछ्याएको पोखराले १७.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। नेपाली क्रिकेट टिमका कप्तान समेत रहेका पारस खड्काको टिम चितवन राइनोजले लगातार हार बेहोर्न पुग्यो। प्रतियोगितामा पोखराले १७ बल बाँकी छँदै लक्ष्य भेटाएको हो। पोखराका लागि विदेशी खेलाडी रवि इन्दर सिंह नायक बने। अर्धसतकको पारी खेलेका उनले महत्वपूर्ण ६५ रन जोडे। ४८ बलको सामना गरेका उनले ८ चौका र ३ छक्का प्रहार गरे। यस्तै, कप्तान शरद भेषवाकरले २० बलमा ३ चौका र ३ छक्का हान्दै ३७ रन बनाए भने रोहितकुमार पौडेलले १९ रन जोडे। खाता खोल्न नपाउँदै २ विकेट गुमाएको पोखराका लागि रवि र रोहितले उसको पारी सम्हाल्दै तेस्रो विकेटका लागि ७८ रनको साझेदारी गरे। चितवनका करन केसीले उत्कृष्ट बलिङ गर्दै सर्वाधिक ३ विकेट लिए पनि टिमलाई जित दिलाउन भने सकेनन्।

पहिलो इनिङ्मा चितवनले २० ओभरमा ५ विकेट गुमाउँदै १४० रन बनाउँदा कप्तान पारस खड्काले ४४ रन जोडेका थिए भने सन्नी पटेल अविजित रहँदै ४६ बनाए। पोखराका लागि विक्रम भुषालले २, शरद भेषवाकर र महबुब आलम, महम्मद नवीदले १-१ विकेट लिए। खेलमा पोखराका रवि इन्दर सिंह म्यान अफ दी म्याच घोषित भए।

त्यसअघि भएको पहिलो खेलमा विराटनगर टाइटन्स पुनः पराजित हुँदै लगातार तेस्रो हार बेहोरेको छ। हुलास काठमाडौं रोयल्सले उसलाई ५ विकेटमा स्तब्ध पार्दै झनै दबाबमा पार्‍यो। यसरी सन्दीप लामिछाने कप्तानीको विराटनगर प्ले अफ दी म्याच पुग्न कठिन रहँदै उपाधि होडबाट करिब बाहिरिएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४९ रन बनाएकोमा काठमाडौंले १५० रनको लक्ष्य ४ बल छँदै पूरा गरेको हो। खेलमा बलियो शुरुवात गरेको विराटनगरले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेको थियो। ३० रन जोड्दै सुनिल धमला आउट हुँदा उसले पहिलो विकेट गुमाउन पुग्यो। खेलमा मोहम्मद जाइद आलमले सर्वाधिक ६७ रनको योगदान दिए भने राजेश पुलमीमगर ३० रनमा आउट भए। आलमले ४७ बलमा सात चौका र चार छक्का प्रहार गरे। अन्य खेलाडीले दोस्रो अंकको स्कोर बनाउन सकेनन्। पहिलो विकेट गुमाएपछि थप ४ रन जोड्न नपाउँदै विदेशी खेलाडी र्एर्न्डु सुबिक्सन आउट भए। विराटनगरले ६९ रनमा दोस्रो विकेट गुमाएको हो। राजु रिजालमात्र १ रनमा आउट भए। काठमाडौंका लागि वसन्त रेग्मी, सुसान भारीले समान २-२ विकेट लिए। यसरी जवाफी व्याटिङमा उत्रिएको काठमाडौंको लगातारको जितमा १९.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्नेक्रममा गौरव तोमरले अर्धसतकीय पारी खेले। म्यान अफ दी म्याच समेत घोषित उनले ४६ बलमा ६ चौका र ३ छक्कासहित ६६ रन बनाए। यस्तै, अमित श्रेष्ठले महत्वपूर्ण ३५ रन जोडे। ३३ बलको सामना गरेका उनले छक्का नहाने पनि ६ चौका प्रहार गरे। काठमाडौंले पहिलो विकेट १४ रनमा गुमाउन पुगेको थियो। ओपनिङ ब्याट्म्यानर जयकिशन कोल्सावाल ६ रनमा आउट हुन पुगेका थिए।  दोस्रो विकेटका लागि अमित र तोमरले ६२ रनको साझेदारी गर्दै पारी सम्हाले। काठमाडौले ७६ रनमा दोस्रो विकेट खेर फाल्यो। १ रन पनि नगरी नरेश बुढाऐर पेभेलियन फर्किए। यद्यपि, कप्तान ज्ञानेन्द्र मल्ल १७ रन जोडिसक्दा काठमाडौंको टिमले चौथो विकेटमा ११६ रन बनाइसकेको थियो। विराटनगरका शाहव अलामले २ लिँदा क्याप्टेन सन्दीप, किशोरी महतो र जितेनद्र मुखियाले समान १-१ विकेट लिए।

अर्को दिनको पहिलो खेलमा चितवन राइनोज र एक्र्सपर्ट धनगढी ब्लुज तथा दोस्रो खेलमा विराटनगर टाइटन्स र बुटवल ब्लाष्टर प्रतिष्पर्धा गर्नेछन्।

Related News

सम्बन्धित समाचार

  • अन्तरसामुदायिक विद्यालयस्तरीय छात्रछात्रा क्रिकेट सुरु

    आदर्श समाज सम्वाददाता जेठ २५, २०८०
    पोखरा । दोस्रो संस्करणको ब्रेकिङ बाउन्ड्रिज कास्की जिल्लास्तरीय अन्तरसामुदायिक छात्रछात्रा टी–२० क्रिकेट प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । पोखरा क्रिकेट…
  • गण्डकी कबड्डी संघमा पवन

    आदर्श समाज सम्वाददाता जेठ २४, २०८०
    पोखरा । पवनकुमार प्रजापतीको अध्यक्षतामा १२ सदस्यीय गण्डकी प्रदेशस्तरिय कबड्डी संंघ गठन भएको छ । पोखरामा मंगलबार प्रथम अधिवेशनले पोखरा…
  • ‘खेल्छ गण्डकी’ बाट महिला खेलाडी तयार गरिने

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले ‘खेल्छ गण्डकी’ कार्यक्रम मार्फत् महिला भलिबल खेलाडी उत्पादन गर्ने भएको छ । परिषदको आव…
  • मेयर कपको उपाधि वडा नम्बर २ लाई

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    लमजुङ । लमजुङको जिल्ला सदरमुकाम बेसीसहरमा सञ्चालित तेस्रो बेसीसहर मेयर कप सम्पन्न भएको छ । बेसीशहर नगरपालिकाको खेलकुद विकास समितिले…
  • देश्ना चन्द कपमा ‘केआइइसी बुन’ च्याम्पियन

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    पोखरा । नयाँ गल्ली क्लबको आयोजनामा सम्पन्न तेस्रो देशना चन्द स्मृति नयाँ गल्ली कप सेभेन ए साइड फुटबल प्रतियोगितामा केआइइसी…

hero news full width

Recent Posts

भर्खरै