पोखरा, १२ कात्तिक ।जेसीआई पोखराले शनिबार पोखरामा व्यवसायिक विकास क्षेत्र अन्तर्गतको शुभकामना आदानप्रदान तथा पारिवारिक वनभोज कार्यक्रमको आयोजना गर्यो ।
१८ देखी ४० वर्षभित्रका युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्ने संस्था जेसिआई पोखराले सोही अवसरमा मिस पोखरा कार्यक्रम २०१८ को औपचारिक समापनसमेत गरेको हो ।
कार्यक्रममा असोजको २० गते पोखरा सभागृह हलमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा सम्पन्न हिमाअस मिस पोखराका, मुख्य प्रायोजक हिमा अस एजुकेशन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक समिर थापामगर, प्रेजेन्टर कोसेली हेल्थ सनफ्लावर तेलका किशोरकुमार श्रेष्ठ, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेस प्रमुख मणिराज लामिछाने, पोखरा उध्योग वाणिज्य संघका सदस्य सोबित पौडेल, जेसीआई पोखराका पूर्व अध्यक्ष तथा नेपाल जेसिजका उपाध्यक्ष गोबिन्द देवकोटा पूर्व अध्यक्षहरु नारायण शर्मा, दयाराम गौतम, पशुपति शर्मा, बिष्णुबहादुर थापा, छवि सुवेदी मिस पोखरा २०१७ ममता जोशी, मिस पोखरा २०१८ सारा बजिमय, पोखरा लेडी जेसिज तथा लेखनाथ जेसिजको सहभागिता थियो ।
सन्तोष ओझाले जेसिजको आस्था पाठ पढेर सुरु गरेको कार्यक्रममा बच्चाहरुको तथा वयस्कहरुका लागि म्यूजिकल चियर घैंटो फूर्टाई कार्यक्रम समावेश गरिएको थियो ।
बनभोज कार्यक्रमको संयोजन सूर्यबहादुर केसि र शुभकामना आदानप्रदान कार्यक्रमको संयोजन सुरेन्द्र बास्तोलाले गरेका थिए । जेसिआई पोखराका अध्यक्ष शिव सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सूर्यबहादुर के.सी. र महासचिव गणेश गिरीले कार्यक्रमको सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
होटल संघ गण्डकीमा हरि शर्मा
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
५ रुपैयाँ प्रति किलो काक्रो
hero news full width
मुख्य समाचार
कास्कीमा एकमात्र महिला वडाध्यक्ष
धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९