पोखरा, ११ कात्तिक।गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारले समुदाय र प्रहरीसँगै हातेमालो गर्ने बताएका छन्। मुख्यमन्त्री गुरुङले समाजका विकृतिहरुविरुद्ध समाजका सबै बर्ग र तप्काबीच एकजुट हुनुपर्ने औल्याए।
उनले प्रहरीको ‘हर प्रहर गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ अभियानमा गण्डकी प्रदेश सरकार पनि साथमा रहेको उल्लेख गरे। उनले भने, ‘नेपाल प्रहरीको यस्ता जनमुखी अभियानले समृद्ध नेपाल र सुखी नेपाली भन्ने नेपाल सरकारको अवधारणमा अतुलनीय भूमिका निर्वाह गर्नेछ।’
देशैभरी एकैसाथ शुरु भएको समुदाय र प्रहरी साझेदारी कार्यक्रमको पोखरामा उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो बताएका हुन्। मुख्यमन्त्री गुरुङले अभियानको सफलताका लागि सवै सरोकारावाला पक्षको समेत उक्तिकै भूमिका आवश्यक पर्ने भएकाले यो अभियान सबैको चासेको विषय रहेको औंल्याए। बेलुन उडाएर मुख्यमन्त्रीले कार्यक्रमको उद्घाटन गरेका थिए।
त्यस्तै गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हरीबहादुर चुमानले समाजको हरेक पक्षको विकासका लागि सुरक्षा पहिलो आधार रहेको चर्चा गरे।
नेपाल प्रहरीको यस अभियानले आमनागरिकले आफूलाई सुरक्षित महसुस गर्नुका साथै प्रहरीप्रतिको जनविश्वास र आस्थामा समेत वृद्धि हुने कुरामा आफू विश्वस्त रहेको बताए।
गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दानसिंह बोहराले सामुदायिक प्रहरी साझेदारी अवधारणाबारे प्रकाश पारेका थिए। प्रनानि बोहराले उक्त प्रहरीको अवधारणा अन्तरगत हालसम्म भएका गतिविधि, आगामी रणनीति, अन्य सरोकारवाला निकायको भूमिका साथै यसबाट समाजमा पर्ने सकरात्मक प्रभावका विषयमा समेत जानकारी गराए। कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, प्रदेशस्थित विभिन्न मन्त्रालयका सचिवहरु, विभिन्न गाउँपालिका तथा वडाका प्रमुख एवं जनप्रतिनिधि, आमा समूह, युवा क्लव, विद्यार्थी, नागरिक समाज, सामुदायिक प्रहरी सेवा केन्द्र, जिल्लास्थित अन्य सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधी, पत्रकारलगायतको उपस्थिति थियो।
समुदाय-प्रहरी साझेदारी कार्यक्रम सामुदायीक प्रहरीको दिगो विकास तथा संस्थाको विकासका लागि साथै प्रहरी, स्थानीय तह, समुदाय र विध्यालयको सहकार्यत्मक भूमिकाबाट विविध कार्य सम्पादन गरि समाजलाई सुसूचित एवं विकसित र अपराधरहित बनाउने उद्देश्यले शुरु गरिएको हो।
Related News
सम्बन्धित समाचार
पोखरा वडा १२ मा पाठेघर र स्तन क्यान्सर परीक्षण
सहारा एकेडेमीलाई सहयोग
रेन्बो एकेडेमिक होम्सको रजत जयन्ती
पोखरा महोत्सव समापन, १० करोड करोबार, साढे २ लाख दर्शक
उपन्यायाधिवक्ता गिरी सेवा निवृत्त
hero news full width
मुख्य समाचार
गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
माघ १५, २०७९पूर्व गृहमन्त्री रवि लामिछानेले लिए नागरिकता
माघ १५, २०७९रोशनबहादुर गाहा गण्डकी सरकारको प्रवक्ता
माघ १५, २०७९