पोखरा, ११ कात्तिक। पोखरा-१७ मा बसोबास गर्ने क्षत्री समुदायको अगुवाइमा स्थापित स्वाभिमान कृषि सहकारी संस्था लि.को प्रथम वाषिर्क साधारण सभा शनिवार सम्पन्न भएको छ।
प्रमुख अतिथि सांसद कृष्ण थापाले कार्यक्रम उद्घाटन गर्दै सहकारी विधेयक छिट्टै पास गरी कृषि क्षेत्रमा काम गर्नेहरुका लागि सुवर्णअवसर प्रदान गर्न आफूहरु लागि परिरहेको बताए। उनले सहकारीलाई चुस्तदुरुस्त बनाएर आमनागरिकको आर्थिकस्तर उकास्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
पोखरा महानगरपालिकाका कृषि शाखाका प्रमुख मनहर कडरियाले महानगरपालिकाको उद्देश्य पोखरालाई स्वच्छ, सफा, हराभरा बनाउने रहेको बताए। उनले राज्यबाट उपलब्ध हुने अनुदान कार्यक्रमलाई सहकारीहरुले चासोका साथ अवलम्बन गर्न आग्रह गरे।
पोखरा-१७ का कावा अध्यक्ष राधिका शाही योगीले अबका दिनमा वडा १७ लाई अगाडि बढाउन कार्ययोजना समेत बनाएको बताइन् । उनले वडाबाट कृषि संजालको निर्माण भएको र उक्त संजालमा सहकारी सदस्य समावेश भएर कृषि क्षेत्र उकास्न आग्रह गरिन्।
सहकारी उपाध्यक्ष समेत रहेकी पत्रकार महासंघ, कास्की उपाध्यक्ष बिमला भण्डारीले पोखरामा ८ सय सेयर सदस्य लिएर कृषि क्षेत्रमा लगानी गरी आत्मनिर्भर बनाउने उद्देश्यले संचालन गरिएको सहकारी रहेको बताउँदै उनले सहकारीले सहकारीका सात सिद्धान्त आत्मसाथ गर्दै अघि बढेको बताइन्। वडावासी सहकारी स्थापनासं’गै विभिन्न उत्पादन क्षेत्रमा काम गर्न उत्साहित रहेको बताउँदै छोटो समयमा पनि उल्लेख्य काम गरेको बताइन् ।
कार्यक्रममा सहकारी अध्यक्ष लक्ष्मण कार्कीले संस्थाको प्रगति विवरण प्रस्तुत गर्दै आगामी नीति तथा कार्यक्रमबारे प्रतिवेदन प्रस्तुत गरे ।
संस्थाका सचिव कृष्णबहादुर थापाले आव २०७४/०७५ को वाषिर्क प्रतिवेदन प्रस्तुत गरे। उनका अनुसार संस्थामा हालसम्म सेयर सदस्य आठ सय आठ पुगेका छन् ।
यस्तै, संस्थाका कोषाध्यक्ष कमलबहादुर रेग्मीले आर्थिक प्रतिवेदन तथा आगामी आवको अनुमानित वाषिर्क कार्यक्रम तथा बजेट प्रस्तुत गरे ।
कार्यक्रममा महिला सेयर सदस्यतर्फाट मनुमाया खत्री र पुरुषबाट सेयर सदस्य देवीबहादुर थापाले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रममा निक्षेपकर्ताका रुपमा संस्थाका कोषाध्यक्ष कमलबहादुर रेग्मी, लक्षिमा कार्की गोदार, असल कर्जाग्राहीतर्फमीना कार्की र प्रदीपबहादुर बराललाई सम्मान गरियो । यस्तै, ज्येष्ठ नागरिक सम्मानबाट धनसुब्बा खत्री सम्मानित भइन् भने सेयर सदस्यका छोराछोरीमध्ये सुशन खत्री र सञ्जय थापालाई सम्मान गरियो ।
कार्यक्रममा सहकारीका सात सिद्धान्त वाचन सहकारीका संचालक कृष्णकुमारी तथा संचालन शिक्षा समिति सदस्य मञ्जु ढकाल र लेखा समिति सदस्य अर्चना बस्नेत रोकाले संयुक्त गरेका थिए ।
Related News
सम्बन्धित समाचार
हर्पनकोट माविमा छात्रवृत्ति वितरण
फेवातालमा एक युवक मृत फेला, २ दिनसम्म भएन पहिचान
सामुदायिक विद्यालयका कर्मचारीकाे लगातार धर्ना
कृष्णमणिलाई वातावरण पत्रकारिता पुरस्कार
रास्वपा पोखरा २६ गठन
hero news full width
मुख्य समाचार
पारित भयो गण्डकीको नीति तथा कार्यक्रम
नीति तथा कार्यक्रममाथि छलफल : एकल पुरुष भत्ताको व्यवस्था हुनुपर्ने माग
जेठ २५, २०८०पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’को तयारी, चीनबाट ल्याइयो ८ वटा विशेष डुंगा
जेठ २५, २०८०जिसस स्याङ्जाको गाडी दुर्घटना, चालकको मृत्यु, ३ घाइते
जेठ २४, २०८०मुर्रा राँगो : भैंसीको नश्ल सुधारका लागि विशेष योगदान
जेठ २४, २०८०उच्च शिक्षा प्रदेशकै एकल अधिकारमा पर्छ माननीय ज्यू !
जेठ २४, २०८०