थापामगरले जिते लिगलिगे दौड

आदर्श समाज सम्वाददाता
असाेज २९, २०७५

गोरखा, २८ असोज । नवौँ लिगलिगे दौड प्रतियोगिता ‘२०७५’को उपाधि जित्दै भारतीय सेनाका अनिष थापामगरले श्रीपेच पहिरिएका छन् । पर्वत घर भएका थापा मगरले उपाधि जित्दै यस वर्षका लागि लिगलिगे राजा घोषित भएका हुन् ।

आइतबार भएको दौड प्रतियोगितामा थापामगरले १३.८ किलोमिटरको निर्धारित दूरी ५८ मिनेट २५ सेकेण्डमा पार गर्नुभएको हो । प्रतियोगितामा बाग्लुङ जिल्ला घर भएका भारतीय सेनामा कार्यरत तीर्थ पुनमगर दोस्रो भएका छन् । उनले निर्धारित दूरी ५८ मिनेट ४० सेकेण्डमा पूरा गरे ।

त्यस्तै प्रतियोगितामा तेस्रो भएका लम्जुङ जिल्ला बेँसीशहर नगरपालिका घर भई हाल नेपाली सेनामा कार्यरत रामजी बस्नेतले निर्धारित दूरी ५९ मिनेट ४१ सेकेण्डमा पूरा गरे । गोरखा र लमजुङको सिमानामा पर्ने मस्र्याङ्दी नदीको दोभानमा रहेको चेपेघाटबाट शुरु भएको दौड प्रतियोगिता ढिंकीडाँडा, ठाँटीपोखरी, पानी टयाङ्की, छापथोक, बडडाँडा, बोहोरागाउँ, सभा चौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोली चौतारोदेखि लिगलिगकोट गढीसम्म पुगेर टुङ्गिएको थियो ।

प्रतियोगितामा प्रथम हुनेलाई लिगलिगे राजा घोषणा गरिने परम्पराअनुसार थापामगरलाई आजदेखि एक वर्षसम्मका लागि लिगलिगे राजा घोषणा गर्दै श्रीपेच पहिर्‍याइएको आयोजक लिगलिग विकास अभियानका अध्यक्ष पूर्णबहादुर रानाले जानकारी दिए ।

प्रतियोगिताका विजेता थापामगरलाई नगद रु ६० हजार १०० को साथमा श्रीपेच, पगरी, ट्रफी र लिगलिगकोट राजदूतको व्याच प्रदान गरिएको उनले बताए। त्यस्तै दोस्रो हुनुभएका पुनलाई नगद रु ३५ हजार मेडल, प्रमाणपत्र र तेस्रो भएका बस्नेतलाई नगद रु २५ हजारको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको अध्यक्ष रानाले जानकारी दिए। प्रतियोगितामा १२२ जना सहभागी थिए। त्यस्तै महिला स्थानीयतर्फको दौडमा सुनिता गिरी, खुला महिलातर्फको दौडमा पुष्पा भण्डारी र भेट्रानतर्फको दौडमा धर्म महर्जन प्रथम भएका छन्। नेपाल एकीकरण अघिका बाइसे चौबिसे राज्यमध्ये लिगलिग कोटमा दौडेर प्रथम हुने व्यक्ति राजा हुने परम्परा रहेको थियो ।

पहिले राजा हुने परम्पराबाट दौड प्रतियोगिता शुरु भएको भए पनि अहिले लिगलिगको आन्तरिक तथा बाहृय पर्यटकलाई लिगलिगकोट भित्रयाउन प्रतियोगिता आयोजना गरिँदै आएको उनले बताए। विसं १६०४ मा शुरु भएको मानिएको दौड प्रतियोगितालाई पुनः विसं २०६७ बाट निरन्तरता दिन थालिएको अध्यक्ष रानाले जानकारी दिए। राजा द्रव्य शाहले दौडमा विजय हासिल गरी राजा बनेपछि लिगलिगकोटमा दौडिएर राजा हुने परम्पराको अन्त्य भएको मानिन्छ ।

Related News

सम्बन्धित समाचार

  • पोखरा स्पोर्ट्स अवार्ड समिति

    आदर्श समाज सम्वाददाता चैत्र १२, २०७९
    पोखरा । पोखरा स्पोर्ट्स अवार्डको सातौं संस्करणका लागि संयोजकमा आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष दीननाथ बराललाई तोकिएको छ…
  • पोखरामा आर्चरी प्रशिक्षण

    आदर्श समाज सम्वाददाता चैत्र १२, २०७९
    पोखरा । पोखरा रंगशालाको आर्चरी प्रशिक्षण केन्द्रमा आर्चरी लेवन वान ओलम्पिक सोलीडारिटी प्रशिक्षक प्रशिक्षण सुरु भएको छ । एक साता…
  • बाघचालमा नवीन प्रथम

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    लमजुङ । सुन्दरबजार–१० स्थित कानेस्वाँरामा आयोजित बाघचाल प्रतियोगितामा नवीन बास्तोला प्रथम भएका छन् । दुरा सेवा समाज धुसेनी इकाइको आयोजनामा…
  • रेबान भेट्रान्स कपमा नवीनलाई उपाधि, डबल्सतर्फ अनुज र नवीन विजयी

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । नवीन श्रेष्ठले तेस्रो संस्करणको रेबान पोखरा कप भेट्रान्स टेनिस प्रतियोगिता उपाधि जितेका छन् । आइतबार भएको फाइनल खेलमा…
  • रेबान कप टेनिस फाइनल आज

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । तेस्रो रेबान कप टेनिसको मेन्स सिंगल्स उपाधिका राजन पौडेल र नवीन श्रेष्ठ प्रतिस्पर्धा गर्ने भएका छन् । कास्की…

hero news full width