पोखरा, २८ असोज । पोखराको लेकसाइड नेपालकै प्रमुख पर्यटकीय गन्तव्य हो भन्नेमा दुर्इमत छैन । तर लेकसाइडलाई २४ सै घण्टा खुलाउने भन्नेमा मतान्तर कायमै छ । कतिपयले यसलाई २४ सै घण्टा खुलाउनुपर्छ भन्ने कोही भने आवश्यक मापदण्ड पूरा नगरी रात्रीकालीन व्यवसाय संचालन गर्न नसकिने तर्क गर्दछन् ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामले शनिबार आयोजना गरेको नागरिक प्रहरीबीच सामाजिक सुरक्षासम्बन्धी अन्तक्रिया विशेषतः सो विषयमा केन्द्रीत भयो।
संघीय प्रहरी इकाई कार्यालय गण्डकीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले लेकसाइड २४ सै घण्टा खुलाउने-नखुलाउने भन्ने विषयमा जनताको रायपछि मात्र निर्णय गर्नु उत्तम हुने बताए। उनले भने, ‘लेकसाइडलाई २४ सै घण्टा खुलाउनु सहज छैन, यसको लागि आवश्यक मापदण्ड र आवश्यक पूर्वाधार पूरा गर्नुपर्छ। निर्णय गरेरमात्र भएन, जनताले के भन्छन्- तबमात्र अघि बढ्नुपर्छ।’
उनले विदेशको विभिन्न सहरको उदाहरण दिँदै यसको लागि पहिलो शर्त सुरक्षा हो भने। उनले अहिले मुलुकमा स्थानीय सरकार, प्रदेश सरकार पनि रहेको बताउँदै आगामी दिनमा यसबाट नतिजा के हुन्छ भन्नेबारे सोचेर अघि बढ्नुपर्ने सुझाव दिए। साथै उनले सुरक्षाको महत्वपूर्ण अंग सिसी टिभी क्यामेरा जडानपछि त्यसको नियमित रुपमा मोनिटरिङ हुनुपर्नेमा जोड दिए।
वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरीक्षक -डिएसपी) नवीन कार्कीले हामीहरुले कर्त्तव्य खोज्ने तर अधिकार बिर्सने गर्न नहुने बताए। अन्तक्रिर्यामा सुरक्षाबारे उठेको जिज्ञासाको जवाफ दिँदै डिएसपी कार्कीले अहिलेको लेकसाइड ५० वर्षपछि कस्तो हुन्छ भन्ने सोचेर विभिन्न निर्णय गर्नु उपयुक्त हुने बताए ।
उनले लेकसाइडको बस्तीबीच एकपछि अर्को डिस्को खुल्न थालेको जानकारी दिँदै उनले नियमित रुपमा डिस्को खुल्न थाले भने ध्वनी प्रदूषण बढाउने बताए।
सडकमा भुस्याहा कुकुर बढेको र यसको समाधानको उपाय खोज्न सबैको सहयोग आवश्यक भएको बताए। वडा प्रहरी कार्यालय बैदामको कार्यक्षेत्र १२ वटा वडासम्म हेर्र्नुपर्ने जानकारी दिँदै उनले लेकसाइडमा मात्र केन्द्रित हुन नसकिने स्पष्ट पारे। उनले रात्रिकालीन व्यवसायको लागि आवश्यक सुरक्षाकर्मी, सिसी क्यामरा, पार्किङ व्यवस्थापन, आवश्यक जनशक्ति लगायत सम्पूर्णको प्रबन्ध गर्नुपर्ने बताए।
प्रहरी नायव निरीक्षक मिलन सिंहले निजी प्रकृतिको मोटरसाइकल भाडामा दिन नपाइने बताए । उनले ठूला ठूला भौतिक संरचना बनाउँदा लाखौं खर्च गर्ने तर पार्किङ व्यवस्थापनमा चासो नदिने प्रवृत्ति हटाउनुपर्ने बताए।
पोखरा महानगरपालिका वडा ६ का वडाध्यक्ष जगतबहादुर पहारीले लेकसाइड २४ सै घण्टा तत्काल नसकिने बताए। उनले यसको लागि राम्रो निर्देशिका बन्नुपर्ने सुझाव दिन्छन्। स्थानीय र प्रदेश सरकारसँग मिलेर संघीय सरकारले रात्रिकालीन व्यवसायबारे एकरुपता हुने गरी निर्देशिका ल्याए सहज हुने उनले बताए।
कार्यक्रममा पश्चिमाञ्चल होटल संघका पूर्व अध्यक्ष एवं सामुदायिक बैदामका सल्लाहकार गोविन्दराज पहारी, खहरे आमा समूह अध्यक्ष मैँया थापा, रेवान अध्यक्ष भीमसेन भुजेल, विष्णु केसी लगायतले लेकसाइड क्षेत्रमा नागरिक र सुरक्षाकर्मीको भूमिका लगायत आवश्यक सुरक्षाबारे बोलेका थिए। रात्रिकालीन व्यवसाय भन्नेबित्तिकै होटल, रेष्टुरेन्ट, गेष्टहाउस, क्याफे, क्लब, डिस्कोथेक, डान्सबार, मेडिकल सेवा, यातायात सेवा, बैंकिङ सेवा लगायत खुलाउनु पर्छ । तर संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी लेकसाइडलाई २४ सै घण्टा खुलाउनुपर्ने विषयमा तर्क गर्दै आएका छन्।
विगतमा लेकसाइडको केही क्षेत्र ‘नो भेइकल जोन’ घोषणा गरिएपनि पूर्ण कार्यान्वयन हुन नसक्दा केही सातामै बन्द हुन पुगेको दृष्टान्त छ। सामुदायिक बैदाम अध्यक्ष मीना भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुले विजयादशमी, शुभदीपावली, नेपाल सम्बत्, छठ पर्व अवसरमा शुभकामना आदानप्रदान गरेका थिए।कार्यक्रममा स्वागत केन्द्रका सदस्य ठाकुरप्रसाद बराल र संचालन सचिव नेत्रलाल भण्डारीले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखरा वडा १२ मा पाठेघर र स्तन क्यान्सर परीक्षण
सहारा एकेडेमीलाई सहयोग
रेन्बो एकेडेमिक होम्सको रजत जयन्ती
पोखरा महोत्सव समापन, १० करोड करोबार, साढे २ लाख दर्शक
उपन्यायाधिवक्ता गिरी सेवा निवृत्त
hero news full width
मुख्य समाचार
गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
माघ १५, २०७९पूर्व गृहमन्त्री रवि लामिछानेले लिए नागरिकता
माघ १५, २०७९रोशनबहादुर गाहा गण्डकी सरकारको प्रवक्ता
माघ १५, २०७९