बेनी, २७ असोज । म्याग्दीको धौलागिरि गाउँपालिका-१ गुर्जामा रहेको गुर्जा हिमाल आरोहणका लागि आधार शिविर पुगेका नौ मध्ये आठ जनाको शव भेटिएको छ । एक बेपत्ता छन् ।
गुर्जा हिमालको आधार शिविरमा पुगेका पाँचजना कोरियाली नागरिक र चारजना नेपाली टोलीमध्ये आठ जनाको शव भेटिएको हो। हिमालको आधार शिविरमा पुगेर वास बसेका आरोही टोली आँधीहुरी र हिमपहिरोको दुर्घटनामा परेको हुनसक्ने धौलागिरि गाउँपालिका-१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए।
उनका अनुसार आधार शिविरमा उनीहरूको शव अप्ठयारो ठाउँमा रहेकाले निकाल्न सकिएको छैन। उद्धारको लागि पुगेको हेलिकप्टरसमेत उद्धारमा कठिनाई देखिएपछि फर्किएको र थप स्रोत र साधन लिएर पुन उद्धारमा जाने तयारी भएको बताइएको छ।
असोज २१ गते सात हजार एक सय ९३ मिटर उचाइको गुर्जा हिमाल आरोहणको लागि दक्षिण कोरियाका नागरिक किम चङ होको नेतृत्वमा चार कोरियन र तीनजना नेपाली टोली आधार शिविरमा पुगेका थिए।
सो टोलीलाई भेट्न २४ गते एक नेपाली र एक कोरियाली नागरिक आधार शिविरमा पुगेका थिए। आरोही टोलीलाई भेट्न गएको टोली निर्धारित समयमा नफर्किएको र सञ्चार सम्पर्कसमेत विच्छेद भएपछि गुर्जाबाट खोजीको लागि गएका स्थानीयवासीको टोलीले उनीहरू मृत अवस्थामा भेटिएको पुष्टी गरेको वडाध्यक्ष छन्त्यालले जानकारी दिए ।
पछिल्लो टोली एक दिनमात्रै बसेर र्फकने तालिका थियो, तर उनीहरू नै दुर्घटनामा पर्नुले असोज २४ गते नै घटना घटेको देखिन्छ, जब त्यो टोली र्फकन ढिला गरेपछि आङ्शका बढ्यो, किन ढिलाइ गयो भनेर खोजी गर्दा शव भेटिए,’ वडाध्यक्ष छन्त्यालले भने ।
यता, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरले आधार शिविरमा पर्यटकको शव भेटिएको गुर्जाका स्थानीयवासीबाट खबर आएपछि उद्धारको लागि पुगेको हेलिकप्टर आधार शिविरमा बस्न नसकेर फर्किएको जानकारी दिए।
हेलिकप्टरबाट ८ जनाको शवजस्तो देखिएको खबर आए पनि उद्धारमा कठिनाई भएकाले विस्तृत विवरण आउन बाँकी रहेको उनले जानकारी दिए।
पर्यटन विभागबाट ६० दिनभित्र हिमाल आरोहणको अनुमति पाएका टोलीले गुर्जा हिमालको दक्षिणी मोहोडाबाट हिमाल आरोहण गर्ने गरि आधार शिविरतर्फ लागेको थियो।
Related News
सम्बन्धित समाचार
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
महानगरमा बिदा नहुने
गणतन्त्र दिवस ३ दिन मनाइने
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
hero news full width
मुख्य समाचार
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९गण्डकीमा दलित नेतृत्व २ मात्रै
जेठ ९, २०७९