पोखरा २७ असोज। पोखरा महानगरपालिकाले श्रेया बिकको परिवारलाई १ लाख रुपैयाँ राहत प्रदान गरेको छ ।
पोखरा २२, पुम्दीभुम्दी घरमै पुगेर श्रेयाकी आमा बेलकुमारी विकलाई महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, उप्रपमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेल, नेकपा सचेतक एवं वडा १९ का अध्यक्ष शोभामोहन पौडेल, काँग्रेस सचेतक एवं वडा ९ का अध्यक्ष रामराज लामिछानेले संयुक्त रुपमा सो रकम हस्तान्तरण गरेका हुन् ।
महागनर प्रमुख जिसीले श्रेयाको हत्याले महानगर स्तब्ध भएको बताउँदै दोषीलाई कुनै पनि बहानामा उन्मुक्ति नदिने बताए। क्रूर र अमानवीय हत्या गरिएकाले कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने बताए।
कार्यक्रममा उपप्रमुख मञ्जुदेवी गुरुङ, महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले श्रेयाको परिवारसँंग दुःखमा सहानुभुतिस्वरुप रकम सहयोग गरेको बताए।
कार्यक्रममा पोखरा २२ पुम्दीभुम्दी सृजनशील क्लब अध्यक्ष झम्कनाथ देवकोटाले परिवारलाई १५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरे ।
गत असोज ८ गते १० वर्षीया बालिका श्रेयाको छिमेकी कुसुम पौडेलले बलात्कार प्रयासपछि हत्या गरेका थिए।
Related News
सम्बन्धित समाचार
स्पोर्टस् अवार्डलाई लगातार सहयोग
डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला
दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता
संस्कार समाज नेपालद्वारा सम्मान
प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९