लेखनाथ, २७ असोज। पोखरा ३२ स्थित मसिना पर्यटन सहकारी संस्थाले हाईड्रोपावरमा लगानी गर्ने भएको छ।
आयआर्जनका लागि उत्पादनशील क्षेत्रमा लगानी गर्न वषौर्देखि अधिकांश सहकारीमा सुझाव आइरहँदा सो सहकारीले सेयर सदस्यबाट रकम संकलन गरी खुँदी खोलाको मसिनाबाट आठ सय ९१ किलोवाट विद्युत् उत्पादन गर्ने भएको हो।
विद्युत् उत्पादनका लागि विद्युत् विकास विभागबाट स्वीकृती भई डिपिआर समेत तयार भइसकेको संस्थाको शनिबार भएको छैटौं वाषिर्क साधारणसभामा जानकारी गराइएको हो।
यसअघि कार्यक्रम उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सहकारीहरु सहकारीको मूल्यमान्यता अनुसार अगाडि बढ्न नसकिरहेको अवस्थमा मसिना पर्यटन सहकारीले अगाडि सारेको योजनाले आर्थिक तथा पर्यटन विकासमा थप सहयोग पुग्ने विश्वास ब्यक्त गरेका थिए।
सहकारीमा लगानी गरेर वर्षको एकपटक बोनस खानेमात्र होइन, अब सेयर सदस्य जिम्मेवारी भएर सहकारीले ल्याएका योजनामा उत्साहका साथ अगाडि बढ्न सुझाव दिए ।
कार्यक्रममा इ. वसन्तमोहन भट्टराईले योजनाको वस्तुस्थिति र प्राविधिक पक्षमा जानकारी गराउँदै हाईड्रोपावर निर्माणको प्रक्रिया अगाडि बढेको जानकारी दिए ।
संस्थाका अध्यक्ष प्रशान्तराज धमलाको अध्यक्षतामा भएको सो कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष बलराम ढकाल, संघका पूर्व अध्यक्ष सुमनमोहन भट्टराई, स्थानीय धु्रव गिरी र सेयर सदस्य शिवजी लामिछाने र जनप्रतिनिधि सुनमाया नेपाली लगायतले आ-आफ्नो धारणा राखेका थिए।
संस्थाका सचिव विष्णुप्रसाद तिवारीले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष अकलबहादुर कार्कीले गरेका थिए।
Related News
सम्बन्धित समाचार
वित्तीय साक्षरता तालिम
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
वित्तीय संस्था कर्मचारी संघमा याम
बैंक तथा वित्तीय संस्थाको धरपकडविरुद्ध व्यवसायी
चर्को ब्याजविरुद्ध पोखरामा रिले अनसन
hero news full width
मुख्य समाचार
प्रदेश मन्त्रालयलाई समयमै कम्प्युटर आपूर्ति नगर्ने कम्पनीको धरौटी जफत
बिना लाइसेन्स चलाएको स्कुटर दुर्घटना, आमाको मृत्यु, छोरी जेल चलान
माघ २५, २०७९३४ वटा ऐन संशोधन गर्दै गण्डकी सरकार
माघ २४, २०७९कांग्रेस नेता घलेको निधन
माघ २४, २०७९चिकित्सक संघमा लोकतान्त्रिक समूहको वर्चश्व
माघ २४, २०७९हिमालय आँखा अस्पताललाई जापानको सहयोग
माघ २४, २०७९