हेरालो प्रतिष्ठानद्वारा विद्यार्थीलाई छात्रवृत्ति

आदर्श समाज सम्वाददाता
असाेज २८, २०७५
IMG_1582_Fotor

पोखरा, २७ असोज । हेरालो प्रतिष्ठान कास्कीको १७ औं साधारणसभा शनिवार पोखरामा भएको छ । विभिन्न सामाजिक अभियानमा सक्रिय प्रतिष्ठानले विद्यार्थीलाई छात्रवृत्ति वितरण सहित साधारणसभा गरेको हो । साधारणसभालाई सम्बोधन गर्दै स्वतन्त्र पत्रकार संघका केन्द्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले समाजसेवामा संस्थाको लगाव प्रशसंनीय भएको बताए ।

‘पछिल्लो समय खुलेका सामाजिक संघसंस्थाहरु कामभन्दा बढी प्रचारमा ब्यस्त छन् । फिल्डमा पुगेर आफ्नो लक्ष्य अनुसार काम गर्ने संस्था निकै कम छन्,’ प्रमुख अतिथि बास्तोलाले भने, ‘तर हेरालो फिल्डमै पुग्छ । पीडितहरुलाई सहयोग गर्छ । यो प्रशंसनीय काम हो ।’

साधारणसभा अवसरमा विभिन्न विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ ।

एल एञ्जल स्कूलका फलबहादुर तामाङ, अमर तामाङ, माछापुच्छ्रे माविका प्रितम घले, विना गुरुङ, कृष्णबहादुर विक, सिर्जना आवासीय स्कूल सराङ्कोटकी प्रिया विक, रोजिना विक र गोगन माविकी चाहाना पुनलाई छात्रवृत्ति दिइएको हो । विना र चाहानालाई जनही आठ हजार र बाँकी विद्यार्थीलाई जनही ५ हजार दरले छात्रवृत्ति प्रदान गरिएको संस्थाले जनाएको छ ।

कार्यक्रममा समाजसेवी तथा तमु धिं युकेका सल्लाहकार डा चन्द्रबहादुर गुरुङ, तमु सांस्कृतिक प्रतिष्ठानका कोषाध्यक्ष भीमकाजी गुरुङ, माउण्ट अभोरा मन्टेसरी संचालक कञ्चन गुरुङ लगायतले बोलेका थिए ।

संस्थाका अध्यक्ष झमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव यामबहादुर रानाभाट र उपाध्यक्ष चित्र गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा पूर्व अध्यक्ष नीरज थापाले संस्थाको प्रगतिबारे जानकारी गराएका थिए । सोही अवसरमा संस्थाका कोषाध्यक्ष इ. धनराज पुरीलाई उत्कृष्ट सदस्यको रुपमा सम्मान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • तीजगीत प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता भाद्र २, २०७९
    हेमजा । हेमजास्थित सफल उद्यमशील महिला समूह आयोजनामा तीजगीत प्रतियोगिता हुने भएको छ । भदौ १४ र १५ गते हुने…
  • टान अध्यक्षमा नीलहरि बास्तोला

    आदर्श समाज सम्वाददाता भाद्र २, २०७९
    पोखरा । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) अध्यक्षमा नीलहरि बास्तोला विजयी भएका छन् । टानको ४४ औं वार्षिक साधारणसभा…
  • ओटेफको स्थापना दिवसमा भोजन

    आदर्श समाज सम्वाददाता भाद्र २, २०७९
    पोखरा । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) ले पाँचौ स्थापना दिवस अवसरमा ज्येष्ठ नागरिक र बटुकलाई खाना खुवाएर मनाएको छ…
  • इन्द्रराज्यलक्ष्मी माविको ६९ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता भाद्र २, २०७९
    हेमजा । इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालय, लामाचौरले ६९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस बुधवार मनाएको छ । समारोह उद्घाटन गर्दै गण्डकी…
  • फुटपाथका सामग्री हटाउन माइकि

    आदर्श समाज सम्वाददाता भाद्र २, २०७९
    हेमजा । पोखरा महानगरपालिका २५ वडा कार्यालयको आयोजना तथा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा हेमजा तथा लियो क्लब…

hero news full width