पोखरा, २७ असोज। नेशनल प्याव्सान कास्कीको वाषिर्क साधारणसभा शनिबार सम्पन्न भएको छ।
कार्यक्रममा एन प्याव्सानका गण्डकी प्रदेश अध्यक्ष याम खड्काले शिक्षा विधेयक २०७५, एन प्याव्सान कास्कीका उपाध्यक्ष शिवदत्त तिवारीले खेलकुद महोत्सव र भीमप्रसाद न्यौपाने नयाँ परिमार्जित पाठ्यक्रमसम्बन्धी जानकारी गराए।
एन प्याव्सान कास्कीले मंसिर १८ देखि २१ गतेसम्म खेलकुद महोत्सव समेत गर्ने जनाएको छ। हाल एन प्याव्सान कास्कीमा ४५ विद्यालय आवद्ध छन्।
कार्यक्रम उद्घाटन गर्दै एन प्याव्सानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराईले निजी विद्यालयका समस्याका विषयमा केन्द्रले सधैँ वकालत गर्ने बताए।
एन प्याव्सानका गण्डकी प्रदेश अध्यक्ष याम खड्काले प्रदेशलाई बलियो बनाउने काम जिल्लाको भएको बताए।
एन प्याव्सानका केन्द्रीय सदस्य रामबहादुर थापाले निजी र सरकारी शिक्षा दुवै एउटै भएकाले सरकारले निजी विद्यालयलाई अवहेलना गर्न नहुने बताए।
एन प्याव्सानका पूर्व केन्द्रीय सदस्य हेमन्त अधिकारीले निजी विद्याललाई अफ्ठयारोमा पार्ने काम राज्यले गरेको बताए।
कार्यक्रममा नेशनल प्याव्सान कास्कीका सचिव मनकाजी गुरुङले प्रस्तुत गरेको वाषिर्क प्रगति प्रतिवेदन र कोषाध्यक्ष रत्नाकुमारी गुरुङले प्रस्तुत गरेको आर्थिक प्रगति प्रतिवेदन पारित भएको छ । यस्तै लेखा समिति संयोजक रमेशराज पौडेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरे। नेशनल प्याव्सान कास्कीका अध्यक्ष रामबहादुर मोचीको अध्यक्षतामा भएको कार्यक्रममा द्वितीय उपाध्यक्ष केशवशरण पौडेलले स्वागत र सहसचिव प्रेमराज अधिकारीले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
रेबान भेट्रान्स कपमा नवीनलाई उपाधि, डबल्सतर्फ अनुज र नवीन विजयी
रेबान कप टेनिस फाइनल आज
रेवान कप टेनिस सुरु
नेपालद्वारा एकदिवसीय मान्यता सुरक्षित
अन्नपूर्ण १० लाई अध्यक्ष कप
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९