चण्डिका महिला सहकारीको साधारणसभा

आदर्श समाज सम्वाददाता
असाेज २८, २०७५
chandika_Fotor

पोखरा, २७ असोज । श्री चण्डिका महिला बचत तथा ऋण सहकारी संस्थाको १५ औं साधारण सभा शनिबार सम्पन्न भएको छ ।

साधारणसभा उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश उपसभामुख सृजना शर्माले महिलाको पहलमा स्थापित सहकारीले समाजलाई टेवा पुग्ने गरी कार्य गरेकोमा खुसी व्यक्त गरिन् । उनले सहकारी माध्यमबाट राष्ट्र समृद्ध बनाउन सबैजना लाग्नुपर्नेमा जोड दिइन् । पोखरा महानगरपालिका वडा १४ का वडाध्यक्ष प्रेमबहादुर कार्कीले संस्थाको सफलताको शुभकामना दिए ।

सो अवसरमा विभिन्न क्षेत्रका सात जनालाई सम्मान गरिएको थियो। सहकारी अध्यक्ष डीलकुमारी जिसीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सुनिता उपाध्यायले गरेकी थिइन् ।

पोखरा महानगरपालिका वडा १४, काजीपोखरीस्थित सो सहकारीमा कुल २ सय ४ जना सेयर सदस्य रहेको बताइएको छ ।

Related News

सम्बन्धित समाचार

  • दसैंलक्षित भेडाच्याङ्ग्रा पोखरा

    धनबहादुर गुरुङ असाेज ११, २०७९
    पोखरा । जुम्लाका कमानसिंह थामी पोखरा १, जौबारीमा भेडाच्यांग्राको हुलसँगै भेटिन्छन् । गत वर्ष पनि उनी यसरी नै भेटिएका थिए…
  • नेपाल निर्माण व्यवसायी संघको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता असाेज १०, २०७९
    पोखरा, ११ असोज । नेपाल निर्माण व्यवसायी संघ कास्कीले दसैंतिहार, नेपाल संवत् ११४३ तथा छठ पर्व अवसरमा सोमबार शुभकामना आदानप्रदान कार्यक्रम…
  • टुँडिखेलमा ऐतिहासिक दसैं मेला

    आदर्श समाज सम्वाददाता असाेज १०, २०७९
    पोखरा । राष्ट्रिय मावि, पोखराको व्यवस्थापनमा पुरानो टुँडिखेलमा ऐतिहासिक दसैं मेला हुने भएको छ । स्थानीयको आवश्यकता र आर्थिक बिनिमय…
  • व्यवसायीहरुलाई सुरक्षा र सहजता प्रदान गर्न पोउवा संघको माग

    आदर्श समाज सम्वाददाता असाेज ९, २०७९
    पोखरा। पोखरा उद्योग वाणिज्य संघले चाडपर्वमा उद्योगी÷व्यवसायीहरुलाई सुरक्षा र सहजता प्रदान गर्न सरोकारवालासँग आग्रह गरेको छ । संघका अध्यक्ष पवनकुमार…
  • जुग्नु पाउरोटी उद्योगमा छापा

    आदर्श समाज सम्वाददाता असाेज ९, २०७९
    नवलपुर । जुग्नु पाउरोटी उद्योग, प्रगतिनगरमा जिल्ला अनुुगमन समितिले छापा मारेको छ । घरेलुु तथा साना उद्योग कार्यालय र जिल्ला…

hero news full width