पोखरा, २७ असोज । इश्वरीयमार्ग भजनमण्डल काँहुखोला शाखा सच्चाइ परिवार पोखरा-१३ ले शनिवार शुभकामना आदानप्रदान तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गरेको छ ।
सच्चाइ परिवारका सदस्य एवं शुभेच्छुकको सहभागिता रहेको कार्यक्रममा ६१ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।
पोखरा महानगरपालिका वडा १३ का वडाध्यक्ष दर्शन लामा, शाखाका अध्यक्ष रामबहादुर केसी, उपाध्यक्ष लक्ष्मी केसी, वरिष्ठ सल्लाहकार बुद्विबहादुर परियार, आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देल लगायतले ज्येष्ठ नागरिकलाई सम्मान गरेका थिए । उनीहरुलाई सम्मानस्वरुप खादा लगाइदिनुको साथै मायाको चिनो प्रदान गरिएको थियो ।
शाखाकी उपाध्यक्ष लक्ष्मी केसीले सकारात्मक सोचका साथ समाज अघि बढाउन विविध कार्यक्रम गरिँदै आएको जानकारी दिइन् । वडाध्यक्ष दर्शन लामाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देल, नेपाल मुस्लिम युवा क्लबका अध्यक्ष अफजल अलीले बोलेका थिए ।
इश्वरीयमार्ग भजनमण्डल काँहुखोला शाखा सच्चाइ परिवारका अध्यक्ष रामबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रम लिडर नवीन श्रेष्ठले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
प्लास्टिकजन्य फोहोर घटाउन पोखरा १२ अग्रसर
पोखरा १२ ले बनायो आफ्नै एप
पोखरामा सामुदायिक थियटरको माग
प्रहरी कार्यालयको भवन शिलान्यास
अमरसिंहको ६७ औं वार्षिकोत्सव
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
चैत्र १४, २०७९बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९