पोखरामा अब नयाँ औद्योगिक क्षेत्र

आदर्श समाज सम्वाददाता
असाेज २६, २०७५

पोखरा, २५ असोज । पोखरा महानगरपालिका क्षेत्रभित्र नयाँ औद्योगिक क्षेत्र निर्माणका लागि छलफल शुरु भएको छ ।

विहीवार बसेको कार्यपालिका बैठकबाट औद्योगिकग्राम स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्ने निर्णय भएको छ ।

नेपाल औद्योगिक विकास व्यवस्थापन लि.लाई सम्भाव्यताको लागि सैद्धान्तिक सहमति दिइएको मेयर मानबहादुर जिसीले जानकारी दिए।

‘अध्ययन गर्नका लागि सैद्धान्तिक सहमति दिएको हो । उनीहरु काम गर्न आतुर छन्,’ जिसीले भने, ‘यसअघि पनि पटक-पटक ठाउँ हेरिसकेका छन्। केही महिनाभित्रै डिपिआर बनिसक्छ।’

उनका अनुसार पोखरा ३३, भरतपोखरीको करिब १ हजार ६ सय रोपनी जग्गाभित्र औद्योगिक क्षेत्र निर्माण तयारी गरिएको हो। ‘एक हजार रोपनी जति सरकारी जग्गा छ। केही जग्गा ब्यक्तिले हडपेर राखेका छन्,’ उनले भने, ‘सबै जग्गालाई एक ठाउँमा ल्याउने र नपुगेको जमिन मुआब्जा दिएर अधिग्रहण गर्छौ । एउटा नमूनायुक्त औद्योगिक क्षेत्र बनाउने तयारी हो।’

औद्योगिक क्षेत्रका लागि कोत्रेतर्फबाट सडक लैजाने योजना छ । चार-लेनको सडक लगेर भरतपोखरी हुँदै सिर्द्धार्थ राजमार्ग जोड्न सके शहरको यातायात ब्यवस्थापन पनि सहज हुने जिसी बताउँछन्। ‘औद्योगिक क्षेत्र भनेको एकान्तमा नै बनाउने हो। शहरी क्षेत्रमा राख्दा बढी प्रदूषण हुन्छ,’ उनी भन्छन्, ‘चार-लेनको सडक बनाएर भरतपोखरी हुँदै छोरेपाटन जोड्ने र लुम्बिनी जाने गाडी त्यतैबाट र्डाईभर्ट गर्न सकिन्छ । एउटै योजनाले दुर्इवटा मुख्य काम सल्टाउन सकिन्छ भन्ने हाम्रो सोचाइ छ।’

हरेक स्थानीय तहमा एउटा औद्योगिक ग्राम निर्माण गर्ने गण्डकी प्रदेश सरकारको नीति छ। सोही नीति आधारमा पोखराले पनि जग्गाको अध्ययन गर्न लागेको हो।

प्रदेशभित्रका आधाभन्दा बढी स्थानीय तहले औद्योगिक क्षेत्र निर्माणका लागि जग्गा खोजेर प्रदेश सरकारलाई सिफारिस गरिसकेका छन्। सरकारले औद्योगिकग्राम निर्माणमा पूर्ण सहयोग गर्नेछ भने केही काम चाहीँ स्थानीय सरकारसँगको सहकार्यमा हुनेछ।

२०३१ सालमा पोखरा अमरसिंहचोक नजिकै १ सय ४ रोपनी क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना गरिएको थियो। हाल यहाँ १ सय हाराहारीमा उद्योगहरु सञ्चालित छन्। पछिल्लो समय शहरी क्षेत्र बढ्दै गएपछि औद्योगिक क्षेत्रको विकल्प खोजिएको हो ।

Related News

सम्बन्धित समाचार

  • विद्यार्थीलाई पोसाक, सल्लाहकारलाई सम्मान

    आदर्श समाज सम्वाददाता जेठ १५, २०८०
    पोखरा । पोखरा महानगरपालिका ३२ लामेआहालस्थित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयका विद्यार्थीलाई पोसाक तथा सल्लाहकारहरूलाई सम्मान गरिएको छ । शुक्रबार विद्यालय…
  • फोहोर व्यवस्थापनसम्बन्धी अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता जेठ १५, २०८०
    पोखरा । पोखरा १६ को समन्वय एवं आर्थिक सहयोगमा ग्रीन भ्याली बहुउद्देशीय सहकारीको आयोजनामा फोहोर व्यवस्थापनसम्बन्धी अभिमुखीकरण गरिएको छ ।…
  • लायन्स फेवा वेगनासमा टीका

    आदर्श समाज सम्वाददाता जेठ १५, २०८०
    पोखरा । लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ जे नेपाल अन्तर्गतको लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीको लायन वर्ष २०२३/२४ को…
  • एयरलायन्स फ्लाइटको एयरहोस्टेस प्रशिक्षण सुरु

    आदर्श समाज सम्वाददाता जेठ १५, २०८०
    पोखरा । पोखरामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एयरहोस्टेस प्रशिक्षण सुरु भएको छ । पोखरा नयाँबजारमा रहेको एयरलायन्स फ्लाइट एटेन्डेन्ट एकेडेमीले एयरहोस्टेससहितको…
  • धिमे बाजा प्रशिक्षण

    आदर्श समाज सम्वाददाता जेठ १५, २०८०
    लेखनाथ । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजना एवं शिशुवा नेवा खल: को सहकार्यमा पोखरा–३० शिशुवामा सञ्चालित धिमे बाजा बाजा प्रशिक्षण कार्यक्रम…

hero news full width