सामूहिक बलात्कार घटना सार्वजनिक, दुर्इ पक्राउ

आदर्श समाज सम्वाददाता
असाेज २६, २०७५

बुटवल, २५ असोज। देशभर बलात्कारजन्य घटना सार्वजनिक भैरहेका बेला बुटवलमा डरलाग्दो सामूहिक बलात्कारको घटना सार्वजनिक भएको छ। प्रदेश ५ को राजधानी बुटवलमा जबर्जस्ती करणीको अभियोगमा दुर्इ जना पक्राउ परेपछि घटना सार्वजनिक भएको छ।

गत मंगलबार शिवनगर सामुदायिक जंगलमा १६ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा देवदह नगरपालिका १०, चरंगेका ३५ वर्षीय उदय थापा र बुटवल ७, शिवनगरका २६ वर्षीय कृष्ण थापा क्षत्री सो घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका छन्।

घटनामा दुर्इ जनाभन्दा बढी संलग्न रहेको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ। घटनाका मुख्य योजनाकार नै फरार रहेकोले घटनाको सबै विवरण सार्वजनिक नभएको प्रहरीको भनाइ रहेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हृदय थापाले घटना डरदाग्दो भएको भन्दै यसको सूक्ष्म अनुसन्धान भैरहेको जानकारी दिए। मजदुरी गर्ने उनीहरुले ललाइफकाई घुम्न लगेको र जंगलमा लगेर जबर्जस्ती करणी गरेको पीडित युवतीले वडा प्रहरी कार्यालय बुटवलमा उजुरी गरेपछि घटना बाहिर आएको थियो।

उजुरी आधारमा प्रहरीको थप अनुसन्धानबाट घटनास्थलमा प्रयोग भएका ४ वटा कण्डम र त्यसको खोल तथा फुटेका चुरा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले बताए। घटनाको प्रारम्भिक अध्ययनबाट सामूहिक बलात्कार भएको हुनसक्ने देखिएकाले प्रहरीले थप अनुसन्धान गरिरहेको अन्य शंकास्पद व्यक्तिहरुको खोजी भइरहेको जनाएको छ।पीडित बालिका भने अहिले उपचारपछि घरमै आराम गरिरहेकी छन्। सो घटना सार्वजनिक भएपछि दोषीलाई कडा कारबाही हुनु पर्ने महिला अधिकारवादीले आवाज उठाएका छन्।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width