लेखनाथ, २५ असोज। गण्डकी प्रदेश भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले सहकारीमा सेयर सदस्यको पैसा लिएर ब्याजको रुपमा बोनस कमाउने प्रचलन अन्त्य हुनुपर्नेमा जोड दिएका छन्।
रुपाताल पुनस्र्थापना तथा मत्स्यपालन सहकारी संस्थाको १७ औं वाषिर्क साधारणसभा उद्घाटन गर्दै मन्त्री थापाले पैसाले कमाउने नभै उत्पादनमैत्री वातावरण सृजना गरी आयआर्जनमा लाग्न सुझाए ।
प्रदेश सरकारले मंसिर पहिलो हप्तासम्ममा सहकारी नीति ल्याउने उनले जानकारी दिए । रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले रुपातालमा बाँध निर्माणका लागि स्थानीयवासी बाधक नभै उचित मौजाको सवालमा पुनर्विचार भए सहयोगी भएर भएर अगाडि बढ्न तयार रहेको बताए ।
नार्कका प्रमुख डा टेकबहादुर गुरुङले रुपाताल जलाधार क्षेत्रको विकास पर्यटन विकासका लागि गौरवको योजना भएकाले केही पाउन केही गुमाउनु पर्ने बताए ।
जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले सहकारीको सेयर सदस्य भएपछि उसको जीवनस्तर सुधार हुने खालका कार्ययोजना ल्याउनु पर्ने सुझाव दिए ।
संस्थाका अध्यक्ष लेखनाथ ढकालको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, रुपाताल संरक्षण एकीकृत विकास परियोजनाका प्रमुख रामप्रसाद अर्याल, लि-वर्डका प्रतिनिधि वीरबहादुर तामाङ, लेखनाथ उद्योग वाणिज्य संघ पूर्व अध्यक्ष कृष्णहरि भण्डारी, संस्थाका निवर्तमान अध्यक्ष कुलप्रसाद अधिकारी, नेकपा नेता टीकाराम पंगेनी, काँग्रेस नेता राजेन्द्रमणि लामिछाने लगायतले बोलेका थिए। संस्थाका सचिव शिवराज अधिकारीले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष जानुका अधिकारीले दिएकी थिइन्। रुपाताल संरक्षण गर्दै आय आर्जनका लागि माछापालन गर्दै आएको सहकारीमा हाल आठ सय १७ जना सेयर सदस्य छन्।
Related News
सम्बन्धित समाचार
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
राष्ट्रियसभा उपाध्यक्षमा उर्मिलाको उम्मेदवारी
पर्वतीय संग्रहालयले स्थापना दिवस मनायो
राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
पिएनसी जग्गा विवाद : कित्ता नम्बर ८३३ साठीघरे पराजुलीको ‘खरबारी ’
hero news full width
मुख्य समाचार
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
माघ २२, २०७९राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९