बतास ब्रदर्शका नयाँ शो रुम

आदर्श समाज सम्वाददाता
असाेज २६, २०७५
Batas showorom_Fotor

लेखनाथ, २५ असोज। बतास ब्रदर्श प्रालि, पोखराले एकै दिन लेखनाथसहित गण्डकी-धौलागिरी क्षेत्रमा चार टिभिएस शो रुम शुभारम्भ गरेको छ।  पोखरा २७ तालचोक सहित बन्दीपुर-१ डुम्रे, वेशीशहर-८ र कुश्मा बान्द्रेबिडीमा शो रुम खुलेको हो ।

तालचोक शोरुम उद्घाटन लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारी, बतास ब्रदर्शका प्रबन्ध निर्देशक शान्तराज बतास र इलाका प्रहरी कार्यालय डाँडाकोनाकका प्रहरी नायव उपरीक्षक विष्णुवरसिंह थापाले संयुक्त रुपमा गरे।

बतास ब्रदर्शका प्रबन्ध निर्देशक शान्तराज बतासले सो क्षेत्रमा टिभिएस ब्राण्ड लोकप्रिय हुने विश्वास व्यक्त गरे। ग्राहकलाई घरनजिकबाटै सेवा दिने उद्देश्यले शोरुम सञ्चालनमा ल्याइएको कम्पनीका चिफ अपरेटिङ अफिसर राजेश रानाभाटले बताए। नेपाल लगायत दक्षिण एशियाली राष्ट्रमा टिभिएस ब्राण्डबाट उत्पादित एन्ट्रोक्क, टिभिएस अपाचे, बेगो, जुपिटर क्लासिक, स्ट्राइकर लगायत मोडल नेपाली ग्राहकका लागि रोजाइमा परेको बताइएको छ।  कम्पनीले गण्डकी-धौलागिरीका गोरखा, बागलुङ, वेनी, दमौली लगायत क्षेत्रमा टिभिएसको यसअघि सवडिलर स्थापना गरिसकेको छ । कम्पनीले दुर्इ दशकदेखि टिभिएस ब्राण्डका मोटरसाइकल तथा स्कुटर बिक्री गर्दैआएको छ ।

Related News

सम्बन्धित समाचार

  • दसैंलक्षित भेडाच्याङ्ग्रा पोखरा

    धनबहादुर गुरुङ असाेज ११, २०७९
    पोखरा । जुम्लाका कमानसिंह थामी पोखरा १, जौबारीमा भेडाच्यांग्राको हुलसँगै भेटिन्छन् । गत वर्ष पनि उनी यसरी नै भेटिएका थिए…
  • नेपाल निर्माण व्यवसायी संघको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता असाेज १०, २०७९
    पोखरा, ११ असोज । नेपाल निर्माण व्यवसायी संघ कास्कीले दसैंतिहार, नेपाल संवत् ११४३ तथा छठ पर्व अवसरमा सोमबार शुभकामना आदानप्रदान कार्यक्रम…
  • टुँडिखेलमा ऐतिहासिक दसैं मेला

    आदर्श समाज सम्वाददाता असाेज १०, २०७९
    पोखरा । राष्ट्रिय मावि, पोखराको व्यवस्थापनमा पुरानो टुँडिखेलमा ऐतिहासिक दसैं मेला हुने भएको छ । स्थानीयको आवश्यकता र आर्थिक बिनिमय…
  • व्यवसायीहरुलाई सुरक्षा र सहजता प्रदान गर्न पोउवा संघको माग

    आदर्श समाज सम्वाददाता असाेज ९, २०७९
    पोखरा। पोखरा उद्योग वाणिज्य संघले चाडपर्वमा उद्योगी÷व्यवसायीहरुलाई सुरक्षा र सहजता प्रदान गर्न सरोकारवालासँग आग्रह गरेको छ । संघका अध्यक्ष पवनकुमार…
  • जुग्नु पाउरोटी उद्योगमा छापा

    आदर्श समाज सम्वाददाता असाेज ९, २०७९
    नवलपुर । जुग्नु पाउरोटी उद्योग, प्रगतिनगरमा जिल्ला अनुुगमन समितिले छापा मारेको छ । घरेलुु तथा साना उद्योग कार्यालय र जिल्ला…

hero news full width