पोखरा, २४ असोज। अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले आफ्नै भवन निर्माण गर्ने भएको छ। घरेलु तथा साना उद्योग कार्यालयको परिसरभित्र साढे दुर्इतले भवन निर्माणको काम शुरु भैसकेको छ।
अख्तियार र अख्तियारअन्तर्गत रहने प्रहरीको छुट्टाछुट्टै दुर्इवटा भवन निर्माण हुनेछ। मुख्य भवन साढे दुर्इतला र प्रहरीको साढे तीनतलाको भवन निर्माण गरिएको अख्यिार पोखराका प्रवक्ता रमेश ढकालले जानकारी दिए। उनका अनुसार मुख्य भवनमा ३८ र प्रहरी भवनमा २५ कोठा रहनेछन्।
दुर्इ वर्षभित्र निर्माण सक्ने गरी गएको असार २५ गते आशिस फेवा जेभी निर्माण कम्पनीसँग सम्झौता भएको छ। १४ करोड रुपैयाँ लागत स्टिमेट गरिएको भवन निर्माणका लागि १२ करोड ८ लाख रुपैयाँमा सम्झौता गरिएको हो।
अख्तियार प्रमुख नवीनकुमार घिमिरेले बुधबार भवन शिलान्यास गरेका हुन्। सो क्रममा उनले जनता सचेत भैसकेकोले कामप्रति जिम्मेवार हुन कर्मचारीलाई निर्देशन दिए। संक्रमणको मौका छोपेर स्थानीय तहमा भ्रष्टाचार मौलाएको भन्दै उनले कसैलाई पनि अनियमितता गर्ने छुट नभएको बताए। ‘स्थानीय सरकार कानून निर्माणको चरणमा छन्। त्यो हिसाबले संक्रमण चलिरहेको छ। तर संक्रमणको नाममा भ्रष्टाचार र अनियमितता गर्ने छुट वहाँहरुलाई पनि छैन,’ उनले भने, ‘आयोगले सबैलाई नजिकबाट त्यसलाई हेरिरहेको छ। हरेक क्रियाकलापको पछाडि आयोग छ। त्यैपनि अहिले उजुरीको संख्या हेर्दा स्थानीय सरकारको अवस्था दुखदायी छ।’
देश संघीय संरचनामा रहेको उल्लेख गर्दै संविधान कार्यान्वयनमा सबैजना जुट्नुपर्ने अवस्था आएको उनको भनाइ छ। ‘नेपाल सरकारको निर्माणसम्बन्धी कार्यमा सुशासनको अवस्था चुनौतीपूर्ण छ। आयोग क्रमिक रुपमा सबै विषयमा प्रवेश गर्दैछ,’ उनले भने, ‘निर्माण व्यवसायीहरु टोपी हातमा लिएर निर्माणमा जुट्नुस्। अन्यथा आयोग टुलुटुलु हेरेर बस्न सक्दैन। संविधानले दिएको दायित्व हामी पूरा गरेरै छोड्छौं ।’
आयोग बाध्यताले मात्रै सार्वजनिक सेवामा प्रवेश गर्ने भन्दै उनले त्यस्तो बाध्यता सिर्जना नगर्न सुझाए। भ्रष्टाचार निर्मूल नहुने भन्दै न्यूनिकरणको प्रयास आफूले गर्ने घिमिरे बताउँछन्। कर्मचारी नसच्चिए टोपी हातमा लिएर भाग्ने दिन आउने उनले बताए। ‘सेवाको वरिपरि जनतालाई घिसार्दै ल्याउने कि सेवा सुविधा जनताको ढोकामा पुर्याउने ? कर्मचारीहरु हिजोकै जसरी सदरमुकाममा बसेर यथास्थितिमा रमाउने समय छैन।
हाम्रो कर्मचारी सन्यत्र आफै हिँड्दैन ठेलिन्छन्,’ घिमिरेले भने, ‘राष्ट्रसेवक मित्रहरु आफ्नो मूल्यांकन आफैँ गर्नुस्। विडम्बनापूर्ण अवस्था जनता सहन सक्दैनन्। कुनै दिन जनता उठे भने हामी टोपी हातमा लिएर भाग्नुको विकल्प छैन। भाग्ने अवस्था नआओस् मेरो शुभकामना छ।’
Related News
सम्बन्धित समाचार
पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
hero news full width
मुख्य समाचार
घर फर्किए म्यादी प्रहरी
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
जेठ ६, २०७९पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
जेठ ६, २०७९नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित
जेठ ५, २०७९गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
जेठ ५, २०७९पोखरा महानगरमा मतान्तर बढाउँदै धनराज
जेठ ५, २०७९