पोखरा, २४ असोज। पोखराको प्रसिद्ध विन्ध्यवासिनी मन्दिरमा बुधबारदेखि दुर्गा पुजा महोत्सव शुरु भएको छ। विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा महोत्सव महानवमीको दिनसम्म संचालन हुनेछ।
महोत्सव शुरुअघि मन्दिर परिसरबाट नौ वटै देवीको झाँकी तथा एक सय आठ कलशसहितको नवदुर्गा शोभायात्रा निकालिएको थियो। शोभायात्रा मोहरियाटोल, भैरवटोल, भीमसेन टोल, नालाको मुख, तेसापट्टी, महेन्द्रपुल, चिप्लेढुंगा, सिर्द्धार्थचोक, रामकृष्णटोल हुँदै मन्दिरमा पुगेर समापन भएको थियो।
शोभायात्रामा विभिन्न भजन समूह, जातीय भेषभूषा, सांस्कृतिक झाँकी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट, आमा समूह तथा विभिन्न धार्मिक, सामाजिक र शैक्षिक संघसंस्थाहरुको सहभागिता थियो। विश्वशान्ति तथा मानव कल्याणको कामना गर्दै जातीय सद्भाव तथा धार्मिक पर्यटनको विकासमा टेवा पुर्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिए।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले धार्मिक कार्यक्रमले समाजमा रहेको विकृति र विसंगति हटाउन मद्दत पुग्ने बताए। ‘नेपाल धार्मिक सहिष्णुता भएको देश हो,’ उनले भने, ‘यस्ता धार्मिक कार्यक्रमहरुले देशमा बढ्दो हत्या, हिंसा, भ्रष्टाचार, व्यभिचारजस्ता समाजको समस्या हटाउन मद्दत गर्छ।’
महोत्सवमा बुधबारदेखि मन्दिर परिसरमा श्रीमद्भागवतदेवी ज्ञान महायज्ञ गरिएको छ। नवदुर्गा महोत्सवभरि दैनिक श्रीमद्भागवत् कथावाचन हुनेछ।
नवरात्रिभर बिहान साढे ४ बजेदेखि साँझ ८ बजेसम्म मन्दिर दर्शनको लागि खुला राखिने विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले जनाएको छ।
Related News
सम्बन्धित समाचार
निस्सा वितरण
गाईजात्रा नाच प्रदर्शन
परोपकारी यात्रामा सिद्धि–सेतुली प्रतिष्ठान
उदय र आशलाई कञ्चन पत्रकारिता पुरस्कार’
ब्रह्माकुमारीमा रक्षाबन्धन एवं स्नेह मिलन
hero news full width
मुख्य समाचार
आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९मुखियाका गाउँमा न्यायिक समिति : पहिलो मुद्दामै मिलापत्र
श्रावण २७, २०७९रत्न मन्दिर र हिमागृह खोल्न माग
श्रावण २७, २०७९विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
श्रावण २६, २०७९टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९