पोखरा, २४ असोज । पोखरामा सहन्यायाधिवक्ता नै घूसकाण्डमा अख्तियारको फन्दामा परेका छन्।
उच्च सरकारी वकिलको कार्यालय, पोखराका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा पाँच लाख रुपैयाँ घूससहित निजकै कार्यालयबाट बुधबार बिहान पक्राउ परेका हुन् ।
ठगी मुद्दामा पुनरावेदन नगरिदिने प्रलोभन देखाई सेवाग्राहीसँग घूस रिसवत माग गरिरहेको भन्ने उजुरी आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखराको टोलीले महान्याधिवक्ता थापालाई बिहान पानै ९ बजे घूसवापतको रकम लिएको अवस्थामा रंगेहात पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको अख्तियार पोखराका प्रवक्ता रमेश ढकालले जानकारी दिए । विराटनगर घर भएका कार्यालय प्रमुख सहन्यायाधिवक्ता थापा झण्डै १ वर्षदेखि सो कार्यालयमा कार्यरत थिए ।
मंगलबारमात्रै अख्तियारले मालपोत कार्यालय कास्कीबाट दुर्इ जनालाई ५० हजार घूससहित पक्राउ गरेको थियो । पक्राउ पर्नेमा मालपोत कार्यालयका अधिकृत ख्यामनारायण पौडेल र खरिदार सञ्जय शर्मा हुन् ।
सो घटनामा संलग्न कार्यालयका नासु रामचन्द्र पौडेल फरार छन् । उनी अख्तियार टोली आएको थाहा पाएपछि भागेकोमा खोजी भइरहेको छ। ‘घूसको डिजाइनर पौडेल हुन्। उनैले सबै चाँजोपाँचो मिलाएका थिए,’ श्रोतले भन्यो, ‘सबै सेटिङ भएपछि पनि अख्तियार आएको थाहा पाएर उनी भागेका हुन्। अहिलेसम्म सर्म्पर्कमा छैनन्।’
यता, अख्तियार पोखराका प्रवक्ता ढकालले भन्छन्, ‘हामी अहिले स्ट्रिङ अप्रेसनलाई चुस्त रुपमा लगेका छौं।
यही अप्रेशनमा सेवाग्राहीको उजुरी आधारमा उनीहरुलाई पक्राउ गरिएको हो।’
Related News
सम्बन्धित समाचार
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी
पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा
नवलपुरको सर्दी जंगलमा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
प्लास्टिकजन्य फोहोर घटाउन पोखरा १२ अग्रसर
चैत्र १४, २०७९बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९