हेमजा, २४ असोज। माछापुच्छे्र गाउँपालिका-१, टुसेस्थित माछापुच्छे्र गुरासेँ भूमे युवा क्लबको आयोजनामा बुधवारदेखि माछापुच्छे्र महोत्सव-२०७५ शुरु भएको छ।
महोत्सव उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा मेला महोत्सवले कला संस्कृतिको जगेर्ना गर्न भूमिका खेल्ने बताए । उनले माछापुच्छे्र गाउँपालिका क्षेत्र प्राकृतिक स्रोत तथा पर्यटनको हिसाबले महत्वपूर्ण भएको जनाए।
गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले माछापुच्छे्र गाउँपालिकाको पर्यटन प्रवर्द्घनमा महोत्सवले सघाउने विश्वास व्यक्त गर्दै आगामी ५ वर्षभित्र हेमजाहुँदै माछापुच्छे्र जोड्ने बाटो पिच गर्न आफूले पहल गरिरहेको बताए। सो अवसरमा संघीय समाजवादी फोरम कास्की अध्यक्ष गिरीप्रसाद गुरुङ, क्लबका सल्लाहकार ओम गुरुङ, भीमबहादुर गुरुङ, मेषबहादुर गुरुङ, वडाध्यक्ष वीरेन्द्र गुरुङ लगायतले बोलेका थिए।
‘मौलिक कला संस्कृति खेलकुद तथा कृषि पर्यटनको लागि’ भन्ने उद्घोषका साथ आयोजित महोत्सव असोज २८ सम्म चल्नेछ । महोत्सवका आकर्षणमा लोकदोहारी कलाकारको प्रस्तुति, गाउँस्तरीय पुरुष भलिबल, क्लबस्तरीय महिला भलिबल, थ्री-ए साइड फुटबल,नृत्य, छेलो प्रतियोगिता हुनेछ ।
यस्तै, घरेलु हस्तकला तथा कृषि सामग्री प्रदर्शनी, सांस्कृतिक, सांगीतिक एवं हास्य व्यङ्ग्यात्मक कार्यक्रम, मौलिक झाँकी एवम् लापोन्मुख लाखे नाच, होमस्टे प्रवर्द्धन तथा तातोपानी कुण्डको प्रचारप्रसार, महादेवको तीनशिर देखिनेस्थल अवलोकन, सात प्रजातिका कालिजको अवलोकन, स्थानीय जडीबुटीहरुको प्रदर्शनी लगायत छन् ।
पहिलो दिन लोकदोहोरी गायक शंकरविरही गुरुङ, रमा राना र समीर थापाले प्रस्तुति राखेका थिए ।
यस्तै, कलाकार रोजी राना, नूमा लिम्बु तथा कुसुम थापामगर, कमेडी डान्सर दीपक थापा मगर लगायतले प्रस्तुति राखे । साँझ विभिन्न सांस्कृतिक कार्यक्रम भयो।क्लब अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा वडाध्यक्ष वीरेन्द्र गुरुङले स्वागत र सचिव विलभ सुनारले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
hero news full width
मुख्य समाचार
घर फर्किए म्यादी प्रहरी
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
जेठ ६, २०७९पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
जेठ ६, २०७९नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित
जेठ ५, २०७९गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
जेठ ५, २०७९पोखरा महानगरमा मतान्तर बढाउँदै धनराज
जेठ ५, २०७९