पोखरा, २४ असोज। नेपाल र चीनको सीमाना कोरला नाका र दामोदर कुण्डलाई लक्षित गरी उपल्लो मुस्ताङमा एयरपोर्ट निर्माण गरिने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको सक्रियतामा ल्हो घेकर दामोदर कुण्ड गाउँपालिका वडा १, चराङमा विमानस्थल निर्माण गर्न लागिएको हो।
विमानस्थल बनाउन बुधबारदेखि पूर्व सम्भाब्यता अध्ययनको काम थालिएको छ। केही समयभित्रै डिपिआर तयार गरेर मन्त्रालयमा बुझाउने र त्यसपछि निर्माणको काम शुरु हुने प्रदेशसभा सांसद इन्द्रधारा विष्टले जानकारी दिए। ‘अहिले अध्ययन शुरु भएको छ। यसमा पर्यटन मन्त्रालयले निकै चासोका साथ काम गरिरहेको छ,’ उनले भने, ‘दामोदरकुण्ड पुग्ने धार्मिक पर्यटक र कोरला नाकालाई लक्षित गरि एयरपोर्ट बनाउन लागिएको हो ।’
धेरै पहिलेदेखि यसको चर्चा भए पनि काम अघि बढ्न सकेको थिएन। बुधबार भएको सर्भे उद्घाटनमा प्राविधिक टोलीसँगै प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचन, जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, ल्हो घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्ट, वडाध्यक्ष टासीढिण्डु ठकुरी, पूर्व गाविस अध्यक्ष माया विष्ट लगायतको उपस्थिति थियो। नागरिक उड्ययन प्राधिकरणका इ. पुष्पराज न्यौपानेको नेतृत्वको प्राविधिक टोलिले विमानस्थल निर्माणको लागि भौगोलिक सर्भेको काम शुरु गरेको हो।
पर्यटन मन्त्रालयले मुस्ताङमा दुर्इ ठुला परियोजना निर्माणको काम शुरु गर्न लागेको छ। विष्टका अनुसार मुक्तिनाथ मन्दिरको गुरुयोजनाको काम र माथिल्लो मुस्ताङमा विमानस्थल निर्माणको काममा पर्यटन मन्त्रालयले विशेष ध्यान दिएको छ। अहिले मुस्ताङको जोमसोममा एयरपोर्ट छ। उपल्लो मुस्ताङका नागरिक पैदल, खच्चड वा गाडीबाट आउजाउ गर्छन्।
Related News
सम्बन्धित समाचार
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी
पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा
नवलपुरको सर्दी जंगलमा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
प्लास्टिकजन्य फोहोर घटाउन पोखरा १२ अग्रसर
चैत्र १४, २०७९बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९