खैरेनीटार २४ असोज। गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले धार्मिक पर्यटन प्रवर्द्धनका लागि प्रदेश सरकारले केन्द्रिय सरकार स्थानीय तहसँग साझेदारी गर्ने बताएका छन्।
शुक्लागण्डकीस्थित तीनखोले देवी मन्दिरमा श्रीमद्देवीभागवत् ज्ञानमहायज्ञ तथा धार्मिक महोत्सव बुधबार उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
‘पहिलो बजेट बनाउँदैमा हामीले साझेदारीका काम गर्नुपर्ने थियो तर हामी सबै नयाँ थियौं, पहिलो अनुभव भएर त्यसो गर्न सकेनौं,’ मन्त्री चुमानले भने, ‘महत्वपूर्ण योजनामा साझेदारी गरी अगाडि बढेमा उपलब्धि हासिल गर्न सम्भव छ ।’ उनले प्रदेश सरकारले तीन सय गाउँलाई होमस्टेको रुपमा विकास गर्न लागेको उल्लेख समेत गरे ।
मन्त्री चुमानले अबको ५ वर्षभित्र गण्डकी प्रदेशलाई नमूना पर्यटकीय प्रदेश बनाउने योजना रहेको बताए। ‘सन् २०२१ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुँदैछ, त्यसपछि यहाँ पर्यटक ओइरो लाग्ने निश्चित छ,’ उनले भने, ‘अहिलेदेखि नै धार्मिक, पर्यटकीय, सांस्कृतिकस्थल पहिचान गरी आवश्यक प्रचारप्रसार गर्नुपर्नेछ ।’
गण्डकी प्रदेश सांसद आशा कोइरालाले मन्दिर क्षेत्रको विकासको लागि सबै जागरुक हुनुपर्नेमा जोड दिइन्। ‘मन्दिर र आसपासका क्षेत्रमा विकासका योजना ल्याउन बस्ती पनि चाहिन्छ,’ उनले भनिन्, ‘यही नै केही काम गरी बसाइँसराइ रोक्ने हो भने विकासले गति लिने छ ।’
शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङले नगरमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई प्राथमिकता दिई बजेट विनियोजन गरिएको बताए। ‘कुनै पनि क्षेत्रको विकासको लागि सडक पहिलो प्राथमिकता रहेछ,’ उनले भने, ‘सहजरुपमा पुग्नको लागि हामीले तीनखोले, ढोरबाराही मन्दिर लगायत क्षेत्रको सडक निर्माणमा वाषिर्क रुपमा बजेट विनियोजन गरेका छौं ।’
कार्यक्रममा शुक्लागण्डकी ६ का वडाध्यक्ष कृष्णबहादुर पौडेल, नेकपा नेता मुक्ति तिमिल्सिना, नेपाली काँग्रेसका केशवराज पौडेल, खैरेनीटार साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र उपाध्याय, अतिथि सत्कार उपसमिति संयोजक माधव पौडेल, तनहुँ उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष हरिबहादुर थापा लगायत बोलेका थिए।
शुक्लागण्डकी ६ स्थित तीनखोले देवी पूजा व्यवस्थापन तथा विकास समितिको आयोजनामा शुरु महायज्ञ तथा महोत्सव असोज ३० गतेसम्म सञ्चालन हुनेछ।
महायज्ञ लक्षित गर्दै मन्दिर पुग्ने मोटरमार्ग स्तरोन्नति गरिएको छ।
भक्तजनको सहजताका लागि खैरेनीटारबाट दुर्इ मोटर गाडी व्यवस्था गरिएको समितिका अध्यक्ष श्रीराम अधिकारीले जानकारी दिए। महायज्ञमा भागवत्रसिक युवागुरु ऋषिराम महाराज प्रमुखवाचन हुन्। महायज्ञमा सामूहिक कालसर्प योगशान्ति, चौरासी पूजा, सामूहिक ब्रतबन्ध, ग्रहशान्ति तथा लाखबत्ती बाल्ने कार्यक्रम समेत राखिएको प्रवक्ता अर्जुन सापकोटाले जानकारी दिए।
महोत्सवको पहिलो दिन २ लाख ९५ हजार रुपैयाँ संकलन भएको आर्थिक उपसमितिका सहसंयोजक बालकुमार वाग्लेले बताए । उनले बचत रकम खैरेनीटार तीनखोले मोटरमार्गमा खर्च गरिने बताए। महायज्ञमा करिब २५ लाख रुपैयाँ संकलन र खर्च ८ लाख रुपैयाँ हुने अनुमान गरिएको छ। उद्घाटन अघि खैरेनीटारमा बिहान कलश यात्रा निकालिएको थियो।
तीनखोले देवी पूजा व्यवस्थापन समिति अध्यक्ष श्रीराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव पदमराज बरालले गरेका थिए।
Related News
सम्बन्धित समाचार
बयानपछि लामिछानेलाई परिवारको जिम्मा
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
निर्माण व्यवसायीले बुझाए ज्ञापन
मिस तामाङका प्रतिस्पर्धीले देखाए ट्यालेन्ट
संरक्षण आमा समूहद्वारा सम्मान
hero news full width
मुख्य समाचार
पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
माघ ९, २०८१सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१