खैरेनीटार, २४ असोज । सगरमाथा बचत तथा ऋण सहकारी संस्था लि., शुक्लागण्डकीको सातौ साधारणसभा तथा तेस्रो अधिवेशनबाट केशवराज घिमिरे पुनः अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।
संचालक समिति उपाध्यक्षमा बाबुलाल श्रेष्ठ, सचिवमा सन्तोष घिमिरे, सहसचिवमा रहरमान मल्ल, कोषाध्यक्षमा खुमाया थापा र सदस्यमा कमलमोहन घिमिरे, शिवदत्त ढकाल, केदारभक्त घिमिरे, सपना ढुंगाना, भूपेन्द्र गुरुङ र युवराज भट्टराई चयन भए । यस्तै, लेखा समिति संयोजकमा सुजनराज पौडेल, सदस्यमा ध्रुवराज घिमिरे र कुमारी राना छन् ।
निर्वाचन संयोजक खिमानन्द गिरी तथा सदस्यमा उमाकान्त ढकाल र सावित्री गिरी थिए ।
प्रमुख अतिथि शुक्लागण्डकी नगरपालिकाकी उपमेयर सविता रसाईलीले शुक्लागण्डकी नगरपालिका र सहकारीबीच नङ् र मासुको सम्बन्ध भएको बताइन् ।सहकारीका सेयर सदस्य सहकारीको विभिन्न कार्यमा सक्रिय रहन आग्रह गरिन् ।
तीनखाले बचत तथा ऋण सहकारीका उपाध्यक्ष उपेन्द्र तिम्सिनाले नगरपालिकाभित्रका सहकारीबीच अन्तरसहकारी सञ्जाल निर्माण गरिनु पर्ने बताए । कार्यक्रममा सगरमाथा सहकारीका सञ्चालक समितिका सदस्य कमलमोहन घिमिरे, शिवदत्त ढकाल, कुमारी राना, पार्वती तिम्सिना लगायतले बोलेका थिए ।
सहकारीको वाषिर्क प्रतिवेदन अध्यक्ष केशवराज घिमिरे, सचिवको प्रतिवेदन सन्तोष घिमिरे, कोषाध्यक्षको प्रतिवेदन रहरमान मल्ल र लेखा समितिको प्रतिवेदन युवराज भट्टराईले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सेयर सदस्यका छोराछोरीमध्ये एसर्इइमा छात्रातर्फबाट उत्कृष्ट स्मृति घिमिरे र छात्रतर्फ असिम श्रेष्ठलाई सम्मान गरिएको थियो ।
त्यस्तै, उत्कृष्ट कर्मचारीबाट प्रबन्धक सुमन गौतम, धेरै निक्षेप संकलनतर्फबाट तारानाथ अधिकारी, असल कर्जा प्रवाहको मनोजकुमार श्रेष्ठ, ज्येष्ठ नागरिकतर्फबाट खिमानन्द गिरी, मनिष श्रेष्ठ लगायतलाई सम्मान गरिएको थियो ।
सहकारी अध्यक्ष केशवराज घिमिरेको अध्यक्षता भएको कार्यक्रममा स्वागत उपाध्यक्ष बाबुलाल श्रेष्ठ र सञ्चालन सचिव सन्तोष घिमिरेले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
गलेश्वर मन्दिर कोषमा ३ करोड ९५ लाख भेटी
पोखरामा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आफ्नै भवन
१५ मुर्रा राँगाबाट १ लाख भैँसीमा नश्ल सुधार गरिने
हङकङ बजारका व्यवसायीले घेरे महानगर कार्यालय
लगानीमा साझेदारी गर्न महानगर र ग्रीन बैंकबीच सम्झौता
hero news full width
मुख्य समाचार
पारित भयो गण्डकीको नीति तथा कार्यक्रम
नीति तथा कार्यक्रममाथि छलफल : एकल पुरुष भत्ताको व्यवस्था हुनुपर्ने माग
जेठ २५, २०८०पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’को तयारी, चीनबाट ल्याइयो ८ वटा विशेष डुंगा
जेठ २५, २०८०जिसस स्याङ्जाको गाडी दुर्घटना, चालकको मृत्यु, ३ घाइते
जेठ २४, २०८०मुर्रा राँगो : भैंसीको नश्ल सुधारका लागि विशेष योगदान
जेठ २४, २०८०उच्च शिक्षा प्रदेशकै एकल अधिकारमा पर्छ माननीय ज्यू !
जेठ २४, २०८०