५० हजार घूससहित पक्राउ

आदर्श समाज सम्वाददाता
असाेज २४, २०७५

पोखरा, २३ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले मालपोत कार्यालय कास्कीबाट दुर्इ जनालाई ५० हजार घूससहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मालपोत कार्यालयका अधिकृत ख्यामनारायण पौडेल र खरिदार सञ्जय शर्मा हुन् ।

मंगलबार कार्यालय समय सकिने बेलातिर अख्तियारका प्रहरी नायव निरीक्षक ओमप्रकाश खनालको नेततृत्वमा गएको प्रहरी टोलीले ५० हजार रुपैयाँ घूससहित रंगेहात पक्राउ गर्न सफल भएको स्रोतले जनायो । पौडेल र शर्माले जग्गा नामसारी मिलाउने विषयमा सेवाग्राहीसँग घूस लिएको प्रारम्भिक जानकारी छ ।  पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय थुनामा राखिएको छ ।

Related News

सम्बन्धित समाचार

  • साझा भाषा नेपाली बनाउन भानुभक्तको योगदान

    आदर्श समाज सम्वाददाता असार २९, २०८१
    पोखरा । आदिकवि भानुभक्त आचार्यले साझा भाषा नेपाली बनाउन अतुलनीय योगदान पु¥याएको यहाँ आयोजित एक कार्यक्रमका वक्ताले उल्लेख गरेका छन्…
  • डेभिज फल सहकारीको १४ औं वार्षिकोत्सवमा रक्तदान

    आदर्श समाज सम्वाददाता असार २९, २०८१
    पोखरा । डेभिज फल बचत तथा ऋण सहकारी संस्था लि., पोखरा–१७ ले १४ औं वार्षिकोत्सव अवसरमा शनिबार रक्तदान कार्यक्रम गरेको…
  • लेकसिटी कलेजमा डिटिटिपी कोर्स

    आदर्श समाज सम्वाददाता असार २७, २०८१
    पोखरा । पोखराको गैरापाटनमा रहेको लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरले नियमित पठन पाठनका अलावा विद्यार्थीहरुको विकासका लागि इन्टरनेसनल फाउण्डेसन फर…
  • वडा १७ को कार्यालय सारिने

    आदर्श समाज सम्वाददाता असार २७, २०८१
    पोखरा । पोखरा महानगरपालिका–१७ ले चालु आर्थिक वर्षमा ८४ प्रतिशत पुँजीगत र चालुतर्फ ८८ प्रतिशत बजेट खर्च गरेको छ ।…
  • दिपाङमा ४ जनाको सकुशल उद्धार

    आदर्श समाज सम्वाददाता असार २७, २०८१
    पोखरा । दिपाङ तालमा झरीका कारण पानीको सतह बढेपछि डुबानमा परेका एकै घरका ४ जनाको उद्धार गरिएको छ । पोखरा…

hero news full width