पोखरा, २३ असोज। आमा मिलन केन्द्रले आफ्नै भवनमा ज्येष्ठ नागरिक दिवा सेवा संचालन गर्ने भएको छ। उक्त कार्यको लागि आमा मिलन केन्द्रले मंगलबार ज्येष्ठ नागरिक दिवा सेवा परिचालन तथा व्यवस्थापन समिति गठन गरेको छ।
केन्द्र अध्यक्ष इन्दिरा पौडेलको प्रमुख संरक्षकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो। निर्मला घिमिरेको संयोजकत्वमा गगित दिवा सेवा व्यवस्थापन समिति सहसंयोजकमा शेषबहादुर थापा तथा सदस्य मीनबहादुर भुजेल, कमला श्रेष्ठ र मीना थापा छन्।
समिति सल्लाहकारमा केशवराज ढकाल, चण्डीप्रसाद अर्याल, दुर्गा थापा, माया थापा, ध्रुवराज पौडेल र गंगा सुवेदी छन्। त्यस्तै, मनोरञ्जन तथा संगीत उपसमितिमा संयोजक सन्तोष पराजुली, सह-संयोजकमा सावित्री घिमिरे तथा सदस्यमा पदमपाणि भट्टराई, तुलसी रिजाल, राधा सुवेदी छन्।
उक्त अवसरमा दशैं, तिहार, छठ रर्र् इद अवसरमा शुभकामना आदान प्रदानसमेत गर्यो। कार्यक्रममा शेषबहादुर थापा, चण्डीप्रसाद अर्याल, संगीता तिमिल्सिना, कमला श्रेष्ठ, माया बस्नेत, ध्रुवराज पौडेल, निर्मला घिमिरे, गंगा सुवेदी, केशव ढकाल र राजकुमार मुल्मी लगायतले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रममा पोखरा-८, की शान्ति तुलाचनले केन्द्रको नवनिर्मित भवनका लागि केन्द्रकी कोषाध्यक्ष खुमा लम्साललाई २५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिन्।
केन्द्र अध्यक्ष इन्दिरा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष निर्मला घिमिरेले स्वागत र सचिव खुमा लम्सालले संचालन गरेकी थिइन्।
२०६७ सालबाट क्रियाशील आमा मिलन केन्द्रले महिला, बालबालिका, युवायुवती र ज्येष्ठ नागरिकबीच क्षमता अभिवृद्धि, समुदाय परिचालन, प्रजनन्, स्वास्थ्य, सीप विकासका क्षेत्रमा तालिम तथा गोष्ठी आयोजना गर्दै आएको छ। ज्येष्ठ नागरिकलाई सम्मान गर्दै केन्द्रले उनीहरुलाई मनोरञ्जन, अनुभवको आदानप्रदान, धार्मिक र आध्यात्मिक प्रवचन कार्यक्रम गर्दै आएको जनाएको छ।
Related News
सम्बन्धित समाचार
ट्होटेंमा राष्ट्रपतिको आगमनले तमुहरु उत्साहित
विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान
मासबार आमा समूहमा शारदा
नेतृत्व विकास तालिम
दीपशिखा पुस्तकालयमा अन्तक्र्रिया
hero news full width
मुख्य समाचार
गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
भ्रष्टाचार उजुरीमा कास्कीका सबैभन्दा बढी
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी पोखरामा, दिनभर भेटघाटमा व्यस्त
श्रावण ३०, २०७९राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
श्रावण ३०, २०७९नागरिकता विधेयक फिर्तापछि तरंग
श्रावण ३०, २०७९गण्डकीको होमस्टे : पाहुना जाँदैनन्, पैसामात्रै खर्च
श्रावण ३०, २०७९