पोखरा, २३ असोज। पोखरा २२, पुम्दीभुम्दीस्थित शुक्रराज माविमा चीन सरकारबाट प्राविधिक शिक्षा (पशु विज्ञान) विषयको लागि होस्टेल निर्माण हुने भएको छ।
विद्यालयमा ५ वर्षदेखि संचालन हुँदै आएको उक्त प्राविधिक शिक्षा होस्टेल अभावमा प्रभावकारी हुन नसकेको बेला सो सहयोगमा होस्टेल निर्माण हुने विद्यालय प्राचार्य नरनाथ बरालले जानकारी दिए ।
प्राविधिक शिक्षामा जोड दिँदै स्वरोजगार र दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले चीन पोखरा महानगरपालिका मार्फत उक्त संरचना बनाउने भएको प्राचार्य बरालले जनाए।
जसअन्तर्गत विद्यालयमा दुर्इ सय क्षमताको सभाहल सहित दुर्इतले पक्की भवन निर्माण हुनेछ। १५ महिनाभित्र करिब २ करोड ५० लाख लागतमा चीनले सभाहल सहितको छात्र तथा छात्राको ३/३ कोठा, डाइनिङ रुम निर्माण गर्ने प्रअ बरालले बताए।
टाढाबाट विद्यार्थी आउनु पर्दा उनीहरुको पढाइस्तर सुधार हुन नसकेको र केहीले बीचमै छाड्ने समस्या हल गर्दै दिगो रुपमा संचालन गर्न आफूहरुले होस्टेल सहित कक्षा संचालनका सहयोग प्राप्त गरेकोमा विद्यालय परिवारले खुसी व्यक्त गरेको छ ।
प्रअ बरालले भने, ‘पशु विज्ञान महत्व धेरै भए पनि कोर्ष निकै कठिन भएकोले कक्षा ११ र १२ मा धेरैले अध्ययनक्रममा छाड्ने गरेका छन्, अब होस्टेल संचालनबाट पढाइमा मात्र बढी केन्द्रित गर्न सके धेरै सुधार हुने हामीले अपेक्षा गरेका छौं।’
यसैबीच, युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले होस्टेल शिलान्यास गर्दै विद्यालयको शैक्षिकसैँगै खेलकुद विकासमा मन्त्रालयले आवश्यक सहयोग गर्ने बताए।
विद्यालयमा निर्माण हुँदै गरेको फुटबल मैदानमा आवश्यक सहयोग गर्ने मन्त्री विश्वकर्माले वचन दिए ।
पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेले चीनबाट प्राप्त भएको सहयोगलाई सही ढंगले सदुपयोग गर्न सके धेरै ठाउँबाट शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा सहयोग उपलब्ध हुने बताए। पोखरा महानगरपालिकामा प्राविधिक शिक्षाको माग तीव्र भए पनि विभिन्न कारणले गर्दा विद्यार्थीको क्रेज घट्दै गएको पोखरा महानगरपालिका वडा २२ का वडाध्यक्ष मित्रलाल बरालले बताए।
नेकपा नेता तेजनारायण अधिकारीले देशमा प्राविधिक शिक्षाको माग रहेको बताए।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत रहेका प्रदेश सांसद रामजी बरालको अध्यक्षतामा सो कार्यक्रम भएको हो ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट, समृद्धिका लागि सहकार्यमा जाेड
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
hero news full width
मुख्य समाचार
पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९पोखराको स्थगित मतगणना अझै सुरु भएन
जेठ १०, २०७९कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९