पोखरा, २३ असोज । आधुनिक बैंकिङ, ग्रामीण बैंकिङ र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले झापाको बिर्तामोड र सुनसरीको धरानमा शाखा कार्यालय विस्तार गरेको छ।
बिर्तामोड शाखा उद्घाटन बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटी र धरान शाखाको उद्घाटन सुनसरी जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र शाहले गरे।
दुवै शाखाको उद्घाटन समारोहमा वक्ताले बैंकको प्रगतिको कामना गर्दै बैंकिङ व्यवसाय प्रबर्द्धनको शुभकामना व्यक्त गरे।
समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल, स्थानीय जनप्रतिनिधि, व्यापारी, कर्मचारी, समाजसेवी लगायतको उपस्थिति रहेको थियो।
मुक्तिनाथ विकास बैंक लिमिटेडले देशैभरी आफ्ना ९५ वटा शाखा, १७ वटा एटिएम र करिब छ लाख ग्राहकलाई आधुनिक बैंकिङ, लघुवित्त बैंकिङ र ग्रामीण बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।
ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स,आस्वा, एटिएम कार्ड सेवा, एबिबिएस जस्ता सुविधा उपलब्ध गराउँदै आएको छ। बैंकले हालै आकर्षक विशेषता सहितको नगद फिर्ता आवास कर्जा योजना समेत सञ्चालनमा ल्याएको बैंकका सूचना अधिकृत तिलबहादुर गुरुङले जानकारी दिए।
Related News
सम्बन्धित समाचार
वित्तीय साक्षरता तालिम
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
वित्तीय संस्था कर्मचारी संघमा याम
बैंक तथा वित्तीय संस्थाको धरपकडविरुद्ध व्यवसायी
चर्को ब्याजविरुद्ध पोखरामा रिले अनसन
hero news full width
मुख्य समाचार
प्रदेश मन्त्रालयलाई समयमै कम्प्युटर आपूर्ति नगर्ने कम्पनीको धरौटी जफत
बिना लाइसेन्स चलाएको स्कुटर दुर्घटना, आमाको मृत्यु, छोरी जेल चलान
माघ २५, २०७९३४ वटा ऐन संशोधन गर्दै गण्डकी सरकार
माघ २४, २०७९कांग्रेस नेता घलेको निधन
माघ २४, २०७९चिकित्सक संघमा लोकतान्त्रिक समूहको वर्चश्व
माघ २४, २०७९हिमालय आँखा अस्पताललाई जापानको सहयोग
माघ २४, २०७९