पोखरा, २३ असोज । रोटरी क्लब अफ इन्टरनेशनलले पोखरा वडा ३३, भरपोखरीको कुसुन्डेमा ५३ लाख रुपैयाँ लागतमा खानेपानी आयोजना निर्माण गरेको छ। निर्माण भएपछि भरपोखरीका २ सय ३२ घरधुरी लाभान्वित भएको रोटरी क्लबका डिष्ट्रिक्ट गर्भनर इलेक्ट किरणलाल श्रेष्ठले बताए ।
सो आयोजना उद्घाटन गर्दै पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले रोटरीले ग्रामीण क्षेत्रमा आएर खानेपानीजस्तो आधारभूत आवश्यकताका लागि सहयोग गरेकोमा धन्यवाद दिए ।मन्त्री अधिकारीले रोटरी क्लबसँग सहकार्य गर्न आफू इच्छुक रहेको बताउँदै आधारभूत व्यसायिक तालिम, अन्य विकास निर्माणका लागि रोटरीसँग सहकार्य गर्न र संसदीय कोषबाट ५० लाख रुपैयाँ प्रदान गर्ने बताए।
उक्त परियोेजना रोटरी इन्टरनेशनलअन्तर्गत रोटरी क्लब अफ लेखनाथ र रोटरी क्लब अफ न्यू ट्याम्पानुन ६८९० यूएसएको संयुक्त लगानी र स्थानीय जनसहभागितामा सम्पन्न भएको हो। डिष्ट्रिक्ट गर्भनर इलेक्ट श्रेष्ठले सो क्षेत्रमा आधारभूत व्यावसायिक तालीम केन्द्र स्थापना गर्न आवश्यक पहल गर्ने र रोटरी इन्टरनेशनलतर्फबाट १ करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाए।
रोटरी क्लब अफ न्यू ट्याम्पानुनका लिसाहाइकिले ग्रामिण क्षेत्रमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै भविश्यमा पनि यस क्षेत्रमा आधारभूत आवश्यकता पूरा गर्न सहयोग पुयाउने प्रतिवद्धता व्यक्त गरिन्। आरआई प्रोग्राम चियर केशवप्रसाद आचार्यले स्वास्थ्य शिक्षाको विकासमा रोटरीले आवश्यक पहल गर्ने धारणा व्यक्त गरे।
खानेपानी आयोजनाको संयोजक विश्व कर्माचार्यले आयोजनाबारे विस्तृत जानकारी गराए। आयोजनाको लागत खर्च विवरणको जानकारी समाजसेवी यज्ञप्रसाद आचार्यले दिएका थिए। रोटरी क्लब अफ लेखनाथका अध्यक्ष विश्वमणि भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
क्लबले यसअघि सो क्षेत्रमा रोटरी क्लब अफ भर्जिनिया यूएसएको सहयोगमा खानेपानी आयोजना सञ्चालन गरेको थियो ।
Related News
सम्बन्धित समाचार
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
५ सचिवको सरुवा
मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट, समृद्धिका लागि सहकार्यमा जाेड
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
hero news full width
मुख्य समाचार
संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९चुनावको जात्रा, मकैको व्यापार
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९