हेमजा, २२ असोज। माछापुच्छे्र गुरासेँ भूमे युवा क्लब माछापुच्छे्र-१, टुसेको रजतजयन्ती अवसरमा असोज २४ देखि २८ गतेसम्म हुने माछापुच्छ्रे महोत्सव तयारी अन्तिम चरणमा पुगेको छ।
‘मौलिक कला संस्कृति खेलकुद तथा कृषि पर्यटनको लागि’ उद्घोषका साथ फर्कौ हैं माछापुच्छ्रे महोत्सव गर्न लागिएको हो। महोत्सव उद्घाटन युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले गर्ने कार्यक्रम छ।
महोत्सव आकर्षणमा लोकदोहोरी कलाकारको प्रस्तुति, गाउँस्तरीय पुरुष, क्लबस्तरीय महिला भलिबल प्रतियोगिता, थ्रि-ए साइड फुटबल, खुला नृत्य, छेलो लगायत प्रतियोगिता, घरेलु हस्तकला तथा कृषि सामग्रीको प्रदर्शनी, सांस्कृतिक, सांगीतिक एवं हास्यव्यङ्ग्य कार्यक्रम, मौलिक झाँकी एवम लापोन्मुख लाखे नाच, होमस्टे प्रवर्द्धन तथा तातोपानी कुण्डको प्रचार रहेका छन्।
महोत्सवमा लोकदोहोरीतर्फ राजन गुरुङ, कुमार पुन, शंकर विरही गुरुङ, काजल गुरुङ, रमा राना, सोनी विसी, तुलसा क्षेत्री, परशुराम अधिकारी, प्रमिला लम्साल पौडेलको प्रस्तुति रहनेछ ।
पपतर्फ ओम गुरुङ, समीर थापा, सञ्जय कुँवर, डि-मोर्चा ब्याण्डको लाईभ कर्न्र्सट, हास्यमा दीपक थापा, नारायण पराजुली तथा नृत्यमा लुलुमा लिम्बु लगायत अन्य कलाकारको प्रस्तुति रहने मूल आयोजक समिति अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिए।
महोत्सवमा खुला गाउँस्तरीय पुरुष भलिबल, खुल्ला क्लबस्तरीय महिला भलिबल, त्यस्तै भेटा्रन्स भलिबल, थ्रि ए साइड फुटबल, छेलो, पुरुष घैँटो फुटाइ, महिला म्यूजिकल चियर, बालबालिकाको भित्रीबाहिरी प्रतियोगितामा पनि थप आकर्षण रहेको जनाइएको छ।
महोत्सव अवसर पारी महादेवको तीन शिर देखिनेस्थल अवलोकन, सात प्रजातिका कालिज अवलोकन, स्थानीय जडीबुटी प्रदर्शनी पनि गरिने भएको छ।
Related News
सम्बन्धित समाचार
आर्वाविजय माविको सुविधायुक्त भवन
चुनावको जात्रा, मकैको व्यापार
होटल संघ गण्डकीमा हरि शर्मा
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
hero news full width
मुख्य समाचार
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९