पोखरा, २२ असोज । सरकारले तय गरेको ‘सुखी नेपाली, समृद्ध नेपाल’ नारा सार्थकता दिने उद्देश्यअनुरुप पोखरामा पहिलो पटक गण्डकी प्रदेशका महानगर, उपमहानगर, नगरपालिका, गाउँपालिका प्रमुख-उपप्रमुख जोडीसहित एक सम्मेलनमा सहभागी थिए । पाँचतारे पोखरा होटल ग्राण्डमा आयोजित सम्मेलनमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरी विकासको नमूना तथा पारिवारिक सम्बन्ध सुमधुर कसरी बनाउने भन्नेबारे चर्चा गरियो ।
सम्मेलनमा कानूनविज्ञ गोविन्द बन्दीले संविधान र नयाँ कानुनको कार्यान्वयनबारे बताए भने नगरपालिका र गाउँपालिकामा कुन किसिमको विकासको नमूना अभ्यास गर्ने भन्नेबारे प्राडा चन्द्रमणि अधिकारीले आफ्नो कार्यपत्र प्रस्तुत गरे। जनप्रतिनिधिको नेतृत्व विकास तथा क्षमता कसरी अभिवृद्धि गर्ने र विवाह एवं पारिवारिक सम्बन्ध सुमधुर कसरी बनाउने भन्नेबारे डा रोर्बट एस किट्टेलले कार्यपत्र प्रस्तुत गरे।
यस्ते, स्थानीय तहको विकास र समृद्धिको उद्देश्यले शान्तिका लागि नगर प्रमुख अन्तर्राष्ट्रिय संगठन (आईएएमपी) स्थापना गर्ने विषयमा ऐक्यबद्धता जनाई घोषणपत्रसमेत जारी भयो । पोखरा महानगर प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा भएको सम्मेलनमा प्रमुख अतिथि मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ थिए । सम्मेलनमा मुख्यमन्त्री गुरुङ, भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, प्रदेश सांसद राजीव पहारी, पुष्पा केसी, युपीएफ एशिया प्रशान्त क्षेत्रका उपाध्यक्ष डा लेक, पूर्व सांसद मिलनकुमारी राजवंशी, विश्वशान्ति तथा एकीकृत परिवार संघ अध्यक्ष सन्तोषकुमार पौडेल लगायत बोलेका थिए। सम्मेलन आयोजना संयुक्त राष्ट्र संघमा आवद्ध संस्था युनिर्भसल पीस फेडेरेसन (युपिएफ) र सांसदहरुको अन्तर्राष्ट्रिय मञ्च (आइएपीपी) ले संयुक्त रुपमा गरेका थिए।
आयोजक संस्थाका प्रदेश संयोजक प्रकाशबाबु थापाले सम्मेलन फलदायी भएको बताउँदै अहिलेको समय सापेक्ष स्थानीय तहका लागि आवश्यक समेत महसुस गरिएको जानकारी दिए।
Related News
सम्बन्धित समाचार
आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
निर्वाचनका लागि ४० दल दर्ता
संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
३३ कार्यालय प्रमुखमाथि कारबाही
hero news full width
मुख्य समाचार
कोरोनापछि गाईजात्रा रौनक
मुखियाका गाउँमा न्यायिक समिति : पहिलो मुद्दामै मिलापत्र
श्रावण २७, २०७९रत्न मन्दिर र हिमागृह खोल्न माग
श्रावण २७, २०७९विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
श्रावण २६, २०७९टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९स्याङ्जामा कर्मचारीको धर्ना
श्रावण २६, २०७९