विन्ध्यवासिनीमा नवदुर्गा महोत्सव

आदर्श समाज सम्वाददाता
असाेज २३, २०७५
bindhyabasini temple-075 (1)_Fotor

पोखरा, २२ असोज। विजयादशमी अवसरमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले नवदुर्गा महोत्सव-२०७५ आयोजना गर्ने भएको छ। समितिले सोमबार पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो।

समितिले २०६४ सालेदेखि नियमित रुपमा नवदुर्गा महोत्सव गर्दै आएको छ। यसपालि महोत्सवअन्तर्गत घटस्थापनामा नवदुर्गा शोभायात्रा गरिने छ। शोभायात्रामा विन्ध्यवासिनी देवीका नौ रुपको स्वरुप नवकन्याका नौ रथ, विन्ध्यवासिनी मन्दिरको झाँकी मुख्य आकर्षणका रुपमा रहने समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिए।

उनका अनुसार शोभायात्रामा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, आमा समूह, भजन समूह, भक्तजन लगायतको सहभागिता रहने छ। मन्दिर परिसरबाट शुरु हुने शोभायात्रा पोखराका विभिन्न स्थान परिक्रमा गर्नेछ। घटस्थापनादेखि नवमीसम्म श्रीमद्भागवत् ज्ञानमहायज्ञ हुने र महायज्ञमा पण्डित निजानन्द पौडेलले संगीतमय झाँकी सहितको प्रवचन गर्ने छन्।

र्ँपर्व विशेषका गतिविधिमध्ये दसैंमा नवदुर्गा महोत्सव गर्दै आइरहेका छौं, समिति अध्यक्ष श्रेष्ठले भने, र्ँपर्व विशेषका पूजनोत्सव, धार्मिक गतिविधि र आध्यात्मिक प्रवचनको माध्यमबाट धर्म र संस्कृतिको संरक्षणमा क्रियाशील छौं।’

उनले महोत्सव सम्पन्न गर्न विभिन्न २८ वटा उपसमिति र सल्लाहकार समिति गठन गरिएको बताए। यस्तै, समिति सचिव तीथ श्रेष्ठले दसैं-तिहारबीचमा मठमन्दिरको सम्मेलन गर्ने तयारी गरिएको जानकारी दिए। गण्डकी प्रदेशमा धार्मिक पर्यटनको प्रचूर सम्भावना रहेकाले धार्मिक संघसंस्थाबीच छलफल गर्न सम्मेलन गर्न लागिएको उनको भनाइ छ। सम्मेलनले धार्मिक पर्यटनको विकासका लागि राज्यको ध्यान खिच्न सक्ने बताइएको छ।

मठमन्दिरबीच समन्वय, अन्तरसम्बन्ध र मन्दिर संचालनको अनुभव आदानप्रदान गर्न लागि सम्मेलन महत्वपूर्ण हुने विश्वास लिइएको छ।

Related News

सम्बन्धित समाचार

  • दुर्गा मन्दिरमा अक्षरयात्रा

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०७९
    पोखरा । अक्षरयात्राको १९७ औं कार्यक्रम स्रष्टा समाज पुम्दीभुम्दीको स्थानीय व्यवस्थापनमा पोखराको छोरेपाटन र पुम्दीभुम्दीको सीमानामा पर्ने धार्मिकस्थल दुर्गा मन्दिरमा…
  • आलु महोत्सव लक्षित सरसफाइ

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०७९
    हेमजा । ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव नजिकिँदा हेमजामा सरसफाइ गरिएको छ । महोत्सव आयोजक विष्णुपादुका क्लबको आयोजनामा…
  • सामुदायिक शैक्षिक संस्था समुदायको पहिचान

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०७९
    पोखरा । सामुदायिक शैक्षिक संस्थालाई समुदायको निगरानी र माया चाहिने सरोकारवालाले बताएका छन् । सामुुदायिक संस्थाको महŒव समुदायले नबुझ्दा समस्या…
  • पाइपलाइनमा हुने क्षतिको मूल्यांकन गर्न समिति

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०७९
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडकखण्ड विस्तारका क्रममा कोत्रेदेखि विजयपुरसम्मका विभिन्न खानेपानी आयोजनाका पाइपलाइनमा हुने क्षतिको मूल्यांकनका लागि अनुगमन समिति…
  • लापरवाहीले बढ्यो सडक दुर्घटना

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०७९
    लेखनाथ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत राष्ट्रिय सडक सुरक्षा परिषद्को आयोजनामा सडक सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम शनिबार भएको…

hero news full width