लमजुङ, २२ असोज । लमजुङमा जिल्ला भलिवल संघ गठन गरिएको छ । भेलाले जिल्ला खेलकुद विकास समिति लमजुङका कोषाध्यक्ष दिवाकर वराल (बासु) को अध्यक्षतामा १३ सदस्यीय भलिवल संघ गठन गरिएको हो ।
संघको उपाध्यक्षमा कृष्णमान गुरुङ, सचिवमा नविन गुरुङ, कोषाध्यक्ष सगुन गुरुङ र सदस्यहरूमा रमेश केसी, ताराकुमार पिया, दिपक दिङगोल, तिलकबहादुर दुलाल, गुमानसिं कँडेल, पोस्तप्रसाद गुरुङ, भिमबहादुर अधिकार, चन्द्रा गुरुङ र गंगा घले छन् ।
समितिको सल्लाहकारहरुमा कृष्णप्रसाद अधिकारी, भेषबहादुर पौडेल, इश्वरकुमार श्रेष्ठ, सूर्यबहादुर अधिकारी र सूर्यकुमार श्रेष्ठ छन् । जिल्ला खेलकुद विकास समितिका कार्यलय प्रमुख पूर्णप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा समिति गठन गरिएको हो ।
एक/डेढ दशक अघिसम्म लमजुङ जिल्लामा भलिवल खेल निकै राम्रो भएको जिल्लाबाट राष्ट्रिय खेलाडीहरूसमेत उत्पादन भएको भए पनि पछिल्लो समयमा जिल्लामा भलिवल खेल निश्क्रिय बन्दै गैरहेकाले यसलाई आगामी दिनमा भलिवललाई सशक्त रूपमा लैजाने र टोल टोलमा भलिवल संघ गठन गरेर यो खेललाई अगाडि बढाउने निर्णय भएको नवनिर्वाचित अध्यक्ष बासुले बताए।
दिवाकर बराल (बासु) को अध्यक्षतामा भएको कार्यक्रमको संचालन स्वतन्त्र पत्रकार संघका जिल्ला अध्यक्ष चन्द्रकान्त पौडेलले गरेका थिए । सो भेलामा जिल्लाका ८ वटै स्थानीय तहका भलिवल खेलाडी र खेलप्रेमीहरूको उपस्थिति रहेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ।
Related News
सम्बन्धित समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
hero news full width
मुख्य समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९