पोखरा, २२ असोज । चेतनशील महिला समूह, पोखरा ३० को २० औं साधारण सभा शनिवार सम्पन्न भएको छ।
साधारणसभा उद्घाटन गर्दे गण्डकी प्रदेश उपसभामुख सृजना शर्माले सुखी नेपाली समृद्ध नेपाल निर्माण गर्न महिला रचनात्मक सृजनात्मक कार्यमा अघि बढ्नु पर्ने बताइन्।
कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख सावित्री भण्डारी, पोखरा ३० का वडासदस्य शारदा बास्तोला, उपसभामुखका स्वकिय सचिव प्रकाश शर्मा, जागृति आमा समूहका प्रतिनिधि विष्णु जमरकट्टेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
महिला समूहका सदस्य दीपा जमरकट्टेल, गीता जमरकट्टेल, मधु तिमिल्सिनाले दुर्इ रोपनी क्षेत्रमा पुष्प व्यवसाय सञ्चालन गरी उत्पादनमा लागेकोले उनीहरुलाई सम्मान गरिएको थियो।
रेवती शर्माको अध्यक्षतामा भएको कार्यक्रममा गीता जमरकट्टेलले स्वागत र गायत्री ढकालले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
महानगरमा बिदा नहुने
hero news full width
मुख्य समाचार
कास्कीमा एकमात्र महिला वडाध्यक्ष
धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९