पोखरा, २१ असोज ।पोखरा भीमसेनटोलकी सारा बजिमयले १० औं मिस पोखराको उपाधि जितेकी छन् । पोखरा जेसिजले आयोजना गरेको मिस पोखरा-२०१८ मा अन्तिम प्रतिस्पर्धामा सबैलाई पछि पार्दै साराले उपाधिसहित स्कूटर, नगद ५० हजार रुपैयाँ पुरस्कार पाइन् ।
उनले सिधै मिस नेपालमा भाग लिने अवसरसहित यो वर्ष एक साताको अष्टे्रलिया भ्रमणको मौकासमेत पाएकी छन् । मिस ट्यालेन्टको उपाधि पनि जितेकी सारा माइक्रोबायोलोजी विषयमा ब्याचलर हुन् ।
पोखरा सभागृहमा शनिबार राति अबेर सकिएको प्रतियोगिताको फष्ट रनर अप सुजिता केसी भइन् । पोखरा नयाँगाउँकी केसीले उपाधिसँगै ३० हजार रुपैयाँसहित आकर्षक उपहार जित्न सफल भएकी छन् । यस्तै, दुर्इ सव-टाइटलसहित सेकेण्ड रनर अपको उपाधि पोखरा बिरौटाकी मीनाक्षी शर्माले जितिन् । नगद २० हजार रुपैयाँ र अन्य आकर्षक उपहार पाएकी मीनाक्षी वेष्ट क्याटवाक र वेष्ट इन्टलेक्चुअलको उपाधि विजेतासमेत हुन् ।
पूर्व मिस नेपाल उषा खड्गी र मिस पोखरा २०१७ ममता जोशीले उनीहरुलाई ताज पहिर्याएका थिए । अन्तिम प्रतिस्पर्धामा १५ जना प्रतिस्पर्धीहरु स्टेजमा उत्रिएका थिए ।
प्रतियोगितामा वेष्ट हेयर प्रिया गुरुङ, वेष्ट पर्सनालिटी रजनी थापा, वेष्ट डे्रस वर्षा गुरुङ, पपुलारिटी र भ्यूअर च्वाइस प्रियंका खड्का, वेष्ट स्माइल कृष्मा गिरी, मिस फोटोजेनिकतर्फ स्मृति विश्वकर्माले सवटाइटल जिते ।
प्रमुख निर्णायकमा हिडन टे्रजररका निर्देशक सुवर्णक्षेत्री तथा निर्णायक इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, पोखरा जेसिजका पूर्व अध्यक्ष सुभाष सिग्देल, पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव चीनु गुरुङ, गोल्डेन गेट इन्टरनेशनल कलेजका सिइओ रमेश सिलवाल, पोखराकै लक्की क्षेत्री र मिलन थापा रहेको कार्यक्रम संयोजक एवं पोखरा जेसिजका कार्यकारिणी उपाध्यक्ष देवराज शर्माले जानकारी दिए ।
अडिसनमार्फत छनोट प्रतिष्पर्धीलाई डेढ महिनासम्म विभिन्न तालिमसहित अन्तिम प्रधिस्पर्धामा उतारिएको थियो । पोखरा जेसिजले सन् १९९५ देखि मिस पोखरा सुरु गरेकोमा बीचमा केही वर्ष रोकिएर पुनः निरन्तरता दिँदै आएको छ । पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठले कार्यक्रम संचालन गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
सिटी रेवान अध्यक्षमा दीपक तिमिल्सिना
लायन्स डेस्टिनेसनमा सन्तोष
वाद्यवादन सामग्री विरतण
६८ युनिट रगत संकलन
अकुपेन्सी बढ्नेमा व्यवसायी आशावादी
hero news full width
मुख्य समाचार
शिक्षक संघ कास्कीमा राजु, महानगरमा किरणबाबु
गण्डकीका २ मन्त्रीले दिए राजीनामा
चैत्र १०, २०७९वसन्त कुँवर नेपाल प्रहरीका आइजिपी
चैत्र १०, २०७९बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत
चैत्र १०, २०७९गण्डकी सरकारबाट माओवादी बाहिरियो
चैत्र १०, २०७९गण्डकी सरकारबाट बाहिरिन माओवादीको निर्णय गर्दै
चैत्र १०, २०७९